Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईसीएफसी फाइनान्सको ‘मेहेन्दी कार्यक्रम’

आईसीएफसी फाइनान्सको ‘मेहेन्दी कार्यक्रम’


काठमाडौं । आइसीएफसी फाइनान्सले मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले श्रावण महिनामा विशेषरूपमा मनाइने महेन्दी कार्यक्रम गत सोमबार ‘मेहेन्दीको महिना, माया र सद्भावले लगाऔँ’ भन्ने सन्देशसहित आपसी सद्भाव अभिवृद्धि र मेहेन्दीको रङजस्तै सम्बन्धहरूलाई गाढा र रङ्गीन बनाउने अभिप्रायले आफ्ना कर्मचारी र ग्राहक तथा अन्य महिला दिदीबहिनी माझ मेहेन्दी कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ ।

फाइनान्सले देशैभरि रहेका विभिन्न २२ वटा शाखाहरूमा उक्त कार्यक्रम सम्पन्न गरेको छ । सबै शाखा कार्यालय परिसरमा संस्थाका ग्राहक महानुभावलगायत अन्य महिला दिदीबहिनीहरूको उल्लासमय उपस्थितिमा उक्त मेहेन्दी कार्यक्रम सम्पन्न भएको फाइनान्सले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x