Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु क्यापिटलको जनचेतनामूलक भिडियो ‘आशा’ सार्वजनिक

प्रभु क्यापिटलको जनचेतनामूलक भिडियो ‘आशा’ सार्वजनिक


काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रममा जनचेतनामूलक भिडियो ‘आशा’सार्वजनिक गरेको छ । बालबालिकाहरूको उज्ज्वल भविष्यको लागि शिक्षा अनिवार्य आवश्यकता भएको हुँदा प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर ‘होस्टे हैँसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा विभिन्न जिल्लाहरूमा शिक्षाको पहुँचबाट वञ्चित रहेका विद्यार्थीहरूलाई ‘हजुरको छोराछोरीको लागि लगानीसँगै शिक्षाबाट वञ्चित बालबालिकालाई सहयोग’ भन्ने मूल नारासहित शिक्षाको पहुँचबाट कोही पनि वञ्चित नरहून् भन्ने उद्देश्यका साथ बालदिवसको शुभ अवसर पारेर प्रभु लिटिल च्याम पीएमएसयोजना सुरुवात गरेको कम्पनीले जनाएको छ ।

यसै विषयलाई लिएर हाल प्रभु क्यापिटलले ‘आशा’ नामको जनचेतनामूलक भिडियो सावर्जनिक गरेको हो, कम्पनीले भनेको छ । यस भिडियोमा मुख्य पात्र आशाजस्तै कैयौँ लगानीकर्ताहरूले, जसले प्रभु क्यापिटलको पीएमएसबाट सेयर बजारमा लगानी गरिरहेका कारणले थुप्रै बालबालिकाहरूले पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् र प्रभु क्यापिटलले यो संख्या दिनप्रतिदिन थपिँदै गएको जानकारी दिएको छ । यस भिडियोमा व्यवसायसँगै संस्थागतरूपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले सुरुवात गरेको प्रभु क्यापिटलले यो योजनामा जोडिएर व्यक्तिले आफ्नो छोराछोरीको उज्ज्वल भविष्यका साथ सामाजिक कार्यमा सहयोगी बन्न सक्नेछन् भन्ने जानकारी दिएको छ ।

प्रभु क्यापिटलको यो लिटिल च्याम्प पीएमएस भर्खरै जन्मिएका बच्चादेखि १८ वर्षसम्मका छोराछोरीहरूको सुरक्षित भविष्यको लागि सुरु गरेको हो जसमा नानीबाबुहरू पीएमएस सेवा लिनको लागि जोडिएपछि क्यापिटलले एक पीएमएसबापत एक जना गरिब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्नेछ । प्रभु क्यापिटलको नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपालभरि रहेको शाखाका साथै प्रभु क्यापिटलको डिजिटल एपबाट समेत यो योजनामा सहभागी हुन सक्नेछन् । यसरी सहभागी भएका सेवाग्राहीहरूले आफ्नो लगानी व्यवस्थापन के–कसरी भइराखेको छ भनेर अनलाइनबाटै दैनिक हेर्ने व्यवस्था मिलाउनुका साथै साप्ताहिकरूपमा दिइएको इमेलमा साप्ताहिक प्रतिवेदन प्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्था मिलाइएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x