मेरो माइक्रोफाइनान्सको ट्याब सेवा
काठमाडौं, फागुन १३
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्राहकहरूको सुविधाको लागि ट्याब बैकिङ तालिम सम्पन्न गरेको छ । नुवाकोटको बट्टारमा आयोजित तालिममा फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले सूचना प्रविधिलाई उपयोग गरी ग्राहकहरूलाई सहज बैकिङ सुविधाहरू घरदैलोमै उपलब्ध गराउने उद्देश्यअनुरूप यो सेवाको सुरुवात गर्न लागेको जानकारी दिए ।
नुवाकोट, धादिङ र गोरखाका आठवटा शाखा कार्यालयका कर्मचारीहरूले तालिम लिएका हुन् । तालिम इन्फो डेभलोपर्स प्रालिका सुवास गिरी, फाइनान्सका सूचना प्रविधि विभाग प्रमुख सुशीलकुमार पुडासैनी, पूर्णिमा प्रोजेक्ट नुवाकोटका कार्यक्रम संयोजक घनेन्द्र रिजाल, परियोजना अनुसन्धान तथा बिकास विभाग प्रमुख माधव न्यौपानेले सहजीकरण गरेका थिए ।
फाइनान्सको ट्याब तथा मोबाइल बैकिङ, एसएमएस सेवाले ग्राहकहरूलाई छिटोछरितो माध्यमबाट डिजिटल सेवा सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको संस्थाले ६१ जिल्लामा एक सय २१ शखा कार्यालयमार्फत एक लाखभन्दा बढी गरिब तथा विपन्न घरपरिवारहरूलाई आर्थिक तथा सामाजिक क्रियाकलापमा सहयोग गर्ने उद्देश्यले विभिन्न लघु वित्तीय सेवा प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया