रियलमी ‘सुपर डान्सर नेपाल’को मुख्य प्रायोजक
काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले डान्सिङ रियालिटी शो ‘सुपर डान्सर नेपाल’को टाइटल स्पोन्सर गर्ने भएकोे छ । यो भारतको सबैभन्दा लोकप्रिय र ठूलो रियालिटी शो ‘इन्डियाज सुपर डान्सर’मा आधारित फ्रेन्चाइज रियालिटी शो हो ।
रियलमीले ‘सुपर डान्सर नेपाल’को टाइटल स्पोन्सर गर्ने सम्झौतामा रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरी र सुपर डान्सर नेपालका निर्देशक भूषण दाहालले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका थिए । कार्यक्रममा रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले प्रतिष्ठित ग्लोबल डान्स फ्रेन्चाइजको एक हिस्सा ‘सुपर डान्सर नेपाल’सँग साझेदारी गर्न पाउँदा उत्साहित भएको बताए । ‘बालबालिका भविष्यका प्रतिनिधि हुन् ।
नेपालका प्रतिभाशाली बालबालिकाहरूका लागि यस्तो उत्कृष्ट प्लाटफर्मको हिस्सा बन्न पाउँदा धेरै खुसी लागेको छ । हामी सुपर डान्सर नेपालका सबै प्रतियोगीलाई धेरै धेरै शुभकामना दिन चाहन्छौँ’, उनले भने । यस्तै सुपर डान्सर नेपालका निर्देशक दाहालले युवा र बालबालिकाहरु केन्द्रित ब्राण्ड रियलमीसँगको साझेदारीले शोमा उत्साह र स्फूर्ति थपिएको बताए ।
आगामी दिनहरूमा पनि यो साझेदारी अझै मजबुत रहिरहने र नेपालको युवा तथा बालबालिकाको क्षेत्रमा सहकार्यका साथ काम गर्ने आशा राखेको बताए । भारतमा लोकप्रियता पाएको यस शोले नेपाली दर्शकहरूबाट पनि उत्तिकै माया पाउने आशा राखेको उल्लेख गर्दै उनले देश तथा देशबाहिर रहेका महत्वाकांक्षी र प्रतिभाशाली नर्तकहरूलाई प्लाटफर्म प्रदान गर्न शारीरिक अडिसनमा मात्र सीमित नभई डिजिटल अडिसनबाट पनि सहभागीहरू लिइरहेको जानकारी दिए ।
देशव्यापी रुपमा चल्ने ‘सुपर डान्सर नेपाल’ कान्तिपुर टेलिभिजनबाट साउन २६ देखि हरेक बिहीबार र शुक्रबार राति ९ बजे प्रसारण भइरहेको छ । सुपर डान्सर नेपालका लागि सुपर जजको रुपमा भुवन केसी, जसिता गुरुङ र सुरेन राई रहेका छन् भने कार्यक्रमलाई कविता नेपाली र विल्सन विक्रम राईले सञ्चालन गर्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया