बीमा विधेयक २०७९ संसद्बाट पारित
काठमाडौं । संसद्ले बीमा विधेयक २०७९ संसद्बाट पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा छलफलका लागि पेस भएको विधेयक संसद्बाट बहुमतले पारित गरेको हो ।
संसद्को अर्थ समितिले पेस गरेको प्रतिवेदनसहित छलफल गरेर संसद्बाट बीमा विधेयक २०७९ पारित भएको हो । सो क्रममा विधेयक माथि उठेका जिज्ञासहरूको जवाफ दिँदै अर्थमन्त्री शर्माले बीमा प्राधिकरण स्वायत्तता हुने जानकारी दिएको छ । बीमा विधेयक पारित भएपछि बन्ने बीमा प्राधिकरण स्वायत्त हुनेछ, संसद्समक्ष अर्थमन्त्री शर्माले भने । बीमा क्षेत्रको नियमन निकाय बीमा प्राधिकरण स्वायत्त हुने र यसमा कुनै हस्तक्षेप नहुने उनको भनाइ छ ।
स्वास्थ्य बीमा ऐनलाई बीमा विधेयकले कुनै हस्तक्षेप नगरेको भन्दै अर्थमन्त्री शर्माले संसद्बाट पारित भएको बीमा विधेयक २०७९ राष्ट्रियसभाबाट पारित भएर राष्ट्रपतिद्वारा स्वीकृत भएपछि ऐनको रूपमा लागू हुने जानकारी दिएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया