Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारखोकनामा नबिल बैंकको वित्तीय पहुँच अभिमुखीकरण

खोकनामा नबिल बैंकको वित्तीय पहुँच अभिमुखीकरण


काठमाडौं । नबिल बैंकले ललितपुरको खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ । बैैंकका अनुसार उक्त कार्यक्रम स्थानीय क्षेत्रको कृषि प्रवद्र्धन, युवा तथा महिला उद्यमशीलता, डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता प्रवद्र्धनमा केन्द्रित रहेको थियो ।

बैंकले नबिल दिगो बैंकिङको विभिन्न आयामहरू, डिजिटल बैंकिङ, क्यूआर कोड र अन्य सेवा सुविधाहरूको बारेमा विशेष प्रस्तुति दिएको थियो । कार्यक्रममा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरूको उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न बैंक सधैँ तत्पर रहेको बताए । त्यस्तै, ललितपुर महानगरपालिका वडा न. २१, खोकनाका वडा अध्यक्ष रविन्द्र महर्जनले यस कार्यक्रमको लागि धन्यवादज्ञापन गर्दै खोकनावरपर उद्यमशीलता विकास गर्न बैंकसँग हातेमालो गर्ने बताएका छन् ।

नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले ०७८ असार १५ गते धान दिवसको दिनबाट दिगो बैंकिङको सुरूवात गरेको हो । १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ बैंकले हाल एक सय शाखामा विस्तार गरेको छ । दिगो बैंकिङअन्तर्गत किसान कर्जा र उद्यमशील कर्जामार्फत बैंकले पाँच सयभन्दा बढी उद्यमीलाई ५५ करोडभन्दा बढी कर्जा प्रवाह गरेको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x