बैंकिङ कसुर मुद्दामा फरार लिनिभा बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष श्रेष्ठ पक्राउ
काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा काठमाडौंको कमलाक्षीस्थित लिनिभा बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष समेत रहेका रामेश्वर श्रेष्ठ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी समेत रहेका श्रेष्ठलाई सोमबार काठमाडौंको कपन क्षेत्रबाट पक्राउ गरिएको हो ।
‘काठमाडौंको जिल्लाको कामनपा २३ स्थायी घर भई हाल कामनपा वडा नं १७ ढल्कु बस्ने कमलाक्षीस्थित लिनिभा बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष समेत रहेका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी श्रेष्ठलाई पक्राउ गरिएको हो’, सीआईबीका उपनिर्देशक प्रहरी उपरीक्षक कमल थापाले भने । प्रहरी उपरीक्षक थापाका अनुसार प्रतिवादी श्रेष्ठ समेतले ज्योति विकास बैंक असन काठमाडौंमा रहेको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा प्रतिवादी श्रेष्ठलाई बैंकिङ कसुर तथाा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ३० दिन कैद र १० लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।
सो पश्चात् फरार भएका श्रेष्ठलाई सीआईबीबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले साउन ३० गते सोमबार काठमाडौंको कपनबाट पक्राउ प्रहरी उपरीक्षक थापाले जानकारी दिएका छन् । पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पठाइएकोमा सोमबार नै अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको थापाको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा छुट
- गरिमा क्यापिटलद्वारा बम्पर दशैँ योजना
- साहस ऊर्जाले लाभांश वितरण गर्ने
- खुम्चियो आत्मनिर्भर लघुवित्तको खुद नाफा
- महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सम्झौता
- एनएमबीका दुई म्युचुअल फन्डको लाभांश घोषणा
- सर्पोट लघुवित्तको खुद मुनाफामा उच्च वृद्धि
- मनसुनी वायुको प्रभाव देशभर कायम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया