Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकृषि औजार कारखानाको अध्ययन गर्न महावीर पुनलाई अर्थमन्त्रीको आग्रह

कृषि औजार कारखानाको अध्ययन गर्न महावीर पुनलाई अर्थमन्त्रीको आग्रह


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि औजार कारखानाको अध्ययन गर्न राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई आग्रह गरेका छन् । अर्थमन्त्री र पुनबीच सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा शर्माले कृषि औजार कारखाना सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई अध्ययन गर्न आग्रह गरेका हुन् ।

सरकारले कृषि औजार कारखानालाई सञ्चालन गर्ने निर्णय गरेकाले उक्त कारखानाको हालको अवस्था अध्ययन गरी त्यसलाई सञ्चालन गर्न आवश्यक रहेको अर्थमन्त्री शर्माले बताए । कृषि औजार कारखानाको अवस्थाको अध्ययन गरी छिट्टै सञ्चालनमा ल्याउने उनको भनाइ छ । यसलाई कृषि औजार उत्पादन कारखाना मात्र नभई कृषि औजार आविष्कार केन्द्रको रूप्मा पनि विकास गर्ने सरकारको लक्ष्य रहेको उनले जानकारी दिए ।

केन्द्रका अध्यक्ष पुनले कृषि औजार कारखानाले नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरूको उत्पादन गर्ने, मर्मत सम्भार गर्ने तथा नयाँ औजार उपकरणहरूको आविष्कार गर्ने पनि बताए । कारखानालाई पुनर्जीवन दिई उक्त स्थानमा कृषि औजार आविष्कार केन्द्र समेत बनाउने अर्थमन्त्रीको योजनाप्रति आफ्नो समर्थन रहेको बताउँदै पुनले कृषि औजार कारखानाले नेपालका ग्रामीण किसानलाई आवश्यक पर्ने कृषि औजार निर्माण गर्नुका साथै साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने औजारहरु समेत निर्माण गर्न सकिने बताए ।

कृषि औजार कारखानालाई कम्प्युटर प्रविधिबाट समेत सञ्चालन हुनेगरी आधुनिकीकरण समेत गर्न सकिने पुनको भनाइ थियो । अर्थमन्त्री शर्माले राष्ट्रिय आविष्कार केन्द्रको अध्ययनको सुझावअनुसार सरकारले छिटै कृषि औजार कारखानालाई पुनर्जीवन दिने बताए । कृषि कार्यमा प्रयोग हुने मानव, पशु र यान्त्रिक शक्तिबाट सञ्चालन हुनेसस्तो, सरल, तथा सुलभ तरिकाबाट भूगोलसुहाउँदो कृषि यन्त्र र उपकरण उत्पादन गरी आयात प्रतिस्थापन गर्ने तथा कृषि कृषि क्षेत्रमा रोजगारी सिर्जना गरेर आयआर्जन क्षमता बढाउने उद्देश्यका साथ नेपाल सरकार र तत्कालीन सोभियत संघको संयुक्त लगानीमा विसं २०२१ सालमा कृषि औजार कारखाना वीरगञ्जमा स्थापना भएको थियो । कम्पनीमा परिणत भएको कृषि औजार कारखाना, वीरगञ्जले सुरुका वर्षहरूमा कृषि औजारहरूको प्रर्याप्त उत्पादन गरी आपूर्ति गरे पनि विविध कारणबाट कृषि औजार उत्पादनमा न्यून हुनगएको थियो ।

हाल देशमा कृषि यन्त्रहरूको माग तथा आपूर्ति समेत बढ्दै गइरहेको अवस्थामा कृषि यन्त्रहरूको आयातलाई कम गर्न तथा नेपालको भूगोलसुहाउँदो कृषि यान्त्रीकरणलाई प्रवद्र्धन गर्न स्वदेशमै कृषि यन्त्रहरूको उत्पादन, विकास र विस्तारका लागि कृषि औजार कारखानाको पुनर्जीवनको आवश्यकता महसुस भएको छ । यस कारखानाको आफ्नै स्वामित्वमा वीरगञ्ज उपमहानगरपालिका मजडिहा पिपरा वडा नं ८,९ मा नौ बिघा जग्गामा कार्यालय भवन, कारखाना भवन, आवास भवन तथा अन्य भवन र मेसिनरीहरू छन् । विसं २०४८ सालमा निजीकरण भएको कृषि औजार कारखानालाई २०५१ फाल्गुणमा निजीकरण फुकुवा गरी सञ्चालनमा आएकोमा २०५३ असारसम्म उद्योग न्यून क्षमतामा सञ्चालनमा रहेको थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x