Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानमा वर्षात्बाट एक सय ९६ जनाको मृत्यु

पाकिस्तानमा वर्षात्बाट एक सय ९६ जनाको मृत्यु


इस्लामावाद । पाकिस्तानको बालुचिस्तानमा वर्षाजन्य घटनामा परी थप आठ जनाको मृत्यु भएको छ । योसँगै पछिल्लो प्राकृतिक प्रकोपमा परी पाकिस्तानमा मृत्यु भएकाहरुको संख्या एक सय ९६ पुगेको छ । मृत्यु भएकामध्ये ९६ जना पुरुष छन् भने ४५ जना महिला छन् । त्यसैगरी ५५ जना बालबालिकाको मृत्यु भएको जनाइएको छ ।

वर्षाका कारण बालुचिस्तानका धेरै ठाउँमा आएको बाढी पहिरोकाले मानवीय र भौतिक क्षति गरेको छ । बाढी पहिरोका कारण पछिल्लो तीन दिनमा ८१ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् । प्राकृतिक प्रकोपमा परी एक लाख सात हजार ३७७ पशु चौपायाहरु पनि परेको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । बलुचिस्तानको बोलान, क्वेटा, झोव, डाक्की, खुज्डर, कोलु, केच, मस्तुङ, हर्नाइ, क्विला साइफुल्लाह र सिब्बीमा बाढी पहिरोले मानवीय क्षति गरेको हो ।

बाढी पहिरोले सडक यातायात सेवा, विद्युत, सञ्चारलगायतका सेवा पनि प्रभावित भएका छन् । ती सेवा सुचारु गर्नका लागि प्रयास भइरहेको अधिकारीहरुको भनाइ छ । बाढी पहिरोले मानिसहरु बस्ने घरहरुमा पनि ठूलो क्षति पु-याएकाले क्षतिग्रस्त घरका बासिन्दा विस्थापित भएका छन् । उनीहरुलाई अस्थायी शिविरमा राखिएको छ । स्थानीय एक अधिकारीका अनुसार क्विला साइफल्लाहमा मात्रै झण्डै १२० घर क्षतिग्रस्त भएको पाइएको छ । त्यसैगरी अन्य ठाउँमा अरु दुई सय घर क्षतिग्रस्त भएको अधिकारीहरुले जनाएका छन् । रासस-एएनआई


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x