Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारटेलिकमको नाफा ८ अर्ब ३८ करोड

टेलिकमको नाफा ८ अर्ब ३८ करोड


काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजानिक गरेको छ । कम्पनीले सार्वजानिक गरेको वित्तीय विरण अनुसार आव २०७८/७९ को चौथो त्रैमासिक अवधि (२०७९ आषाढ मसान्त) सम्म कम्पनीले ८ अर्ब ३८ करोड ८८ हजार रुपैयाँँ खुद मुनाफा कमाएको छ ।

कम्पनीको आ.व. २०७७/०७८ को चौथो त्रैमासिक अवधि (२०७८ आषाढ मसान्त) मा खुद मुनाफा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार रुपैयाँँ रहेको थियो । समिक्षा अवधीमा कम्पनीको नाफा १ अर्ब २५ करोड ६ लाख ४७ हजार रुपैयाँँले वृद्धि भएको हो । यस्तै कम्पनीको कुल सञ्चालन आय ३७ अर्ब ८८ करोड ९९ लाख ५८ हजार रुपैयाँँ पुगेको छ । अघिल्लो आवमा ३५ अर्ब ९३ करोड ५६ लाख ८३ हजार रुपैयाँँ रहेको कम्पनीको कुल संचालनमा आय गतवर्ष ५ दशमलब ४४ प्रतिशतले वृद्धि भएको हो । यस्तै कम्पनीको कुल आय ५ प्रतिशतले वृद्धि भएको छ । आब २०७७/०७८ को चौथो त्रैमासिक अवधि (२०७८ आषाढ मसान्त) सम्मको कुल आय ४२ अर्ब २० करोड ९९ लाख ३ हजार रुपैयाँँ रहेकोमा गत आ.व. को सोही अवधिमा २ अर्ब ११ करोड १४ लाख ५४ हजार रुपैयाँँले वृद्धि भई ४४ अर्ब ३२ करोड १३ लाख ५८ हजार रुपैयाँँ पुगेको हो । डाटा सेवाको प्रयोगमा वृद्धि, फोरजी सेवाको विस्तार, बैंक ब्याजदर र विदेशी विनिमय दरमामा भएको परिवर्तन लगायतका कारण खुद नाफा बढेको उल्लेख गरेको छ ।

कम्पनीका अनुसार डाटा सेवाको प्रयोगमा वृद्धिले जिएसएम डाटा तर्फ करिब ५० करोड र फोरजी सेवाको व्यापक विस्तार गरिएका कारण जिएसएम भोईस सेवाको प्रयोगमा भएको वृद्धिले करिब २ अर्ब ५५ करोड रूप्ैयाँ थप आन्दानी भएको छ । यस्तै अन्तरआबद्धता सम्बन्धी निर्देशिका अनुसार डोमेस्टिक अन्तरआबद्धता शुल्कमा कमी आएको र ओटिटि सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा करिब ७० करोड, वायरलाईन सेवाको प्रयोग घटेकोले राजस्वमा करिब २१ करोड र सिडिएमए सेवा जिएसएम सेवामा प्रतिस्थापन गरिएको हुँदा करिब १२ करोड रुपैयाँँले कमी आएकोले कार्य सञ्चालन आयमा भने केही कमी भएको कम्पनीको भनाई छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x