Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रपति भण्डारीद्वारा अन्नपूर्ण केबलकार भ्रमण

राष्ट्रपति भण्डारीद्वारा अन्नपूर्ण केबलकार भ्रमण


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको सेदीमा रहेको अन्नपूण केबलकार चढी सोमबार साँझ सराङकोटसम्मको यात्रा गरेकी छिन् । सोमबार साँझ केबलकारबाट सराङकोट पुगेकी राष्ट्रपति भण्डारी केबलकारबाटै सेदी फर्किएकी हुन् ।

पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको केबलकार गतवर्ष चैत्र १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । साहसिक पर्यटनका गतिविधि गर्न तथा सूर्योदय, सूर्यास्तसँगै हिमशृंखला र पोखराका मनोरम दृश्य नियाल्न प्रख्यात सराङकोटलाई फेवाताल किनारबाट जोड्ने गरी केवलकार सञ्चालन भएको हो । केवलकारको माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप, जिप लाइन, स्काइ साइक्लिङ र स्विङ सञ्चालनमा छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x