Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमधेश प्रदेश सरकारको धर्ना स्थगित

मधेश प्रदेश सरकारको धर्ना स्थगित


जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि आइतबारदेखि सुरु भएको मधेश प्रदेश सरकारको धर्ना स्थगित भएको छ ।

प्रहरी समायोजनको माग राख्दै मदेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना कार्यक्र सुरु गरेको थियो । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मंगलबार धर्ना कार्यक्रम स्थगित भएको हो । प्रदेश प्रमुख मिश्रले मुलुक चुनावमा होमिएकाले चुनावपछि प्रहरी समायोजन हुने प्रधानमन्त्री शेरबहादुर देउवाले जानकारी दिएकाले धर्ना कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री शेरबहादुर देउवा तथा गृहमन्त्री वालकृष्ण खाणसहित सरकारमा रहेका दलका शीर्ष नेताहरूले प्रहरी समायोजनको काम मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको चुनावपछि गर्ने आश्वासन दिएकाले धर्ना स्थगित गरेको बताए । प्रधानमन्त्री आफैँले फोन गरेर समायोजनको तयारी आफूहरूले पनि गरेको बताउँदै अरू केही विषयहरू मिलाउनुपर्ने भएकाले चुनावपछि समायोजन गर्ने विश्वास दिलाएपछि हालका लागि धर्नासहितको आन्दोलनको कार्यक्रम स्थगित भएको मुख्यमन्त्री राउतले जानकारी दिए ।

मुख्यमन्त्री राउतले मधेश प्रदेश सरकारले पहिलो पटक प्रदेश प्रहरी ऐन बनाएका कारणले संघीय सरकारलाई प्रहरी समायोजनसम्बन्धी ऐन बनाउनका लागि बाध्य बनाएको बताउँदै नेपाल सरकारले प्रहरी समायोजनको सबै प्रक्रिया पूरा गरेकाले समायोजनमा चुनावपछि ढिलाइ हुने कुनै कारण नै नभएको बताए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x