बाँके, फागुन १४
नेपालगञ्जका तीनवटा पसल कारबाहीमा परेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेको नेतृत्वमा सोमबारदेखि सुरु गरिएको संयुक्त बजार अनुगमन टोलीले गैरकानुनीरूपमा ग्यास बिक्री गर्दै आएका तीनवटा पसललाई कारबाही गरेको हो । उनीहरूलाई जनही २० हजारका दरले जरिवाना गरिएको हो । अनुगमन टोलीले पहिलो दिन नेपालगञ्जमा रहेका पाँचवटा ग्यास बिक्रेता पसलहरूमा अनुगमन गरेको र सोही क्रममा गैरकानुनीरूपमा ग्यासका साना सिलिन्डर बिक्री गर्ने तीनवटा पसललाई कारबाही गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए । मापदण्डअनुसारका १५ दशमलव पाँच र १५ दशमलव छ किलो खाली वजन भएका बजारमा पाइने सिलिन्डरभन्दा साना खालका खरिद बिल नभएका सिलिन्डरमा कानुनविपरीत ग्यास बिक्री गर्ने पसल कारबाहीमा परेका हुन् ।
कारबाहीमा पर्ने पसलमा अस्पताल लाइन बास्कोटा मार्केटमा रहेको निरज स्टोर, चारवाहिनी रोडमा रहेको अस्तिका ट्रेडर्स एण्ड सप्लायर्स र धम्बोझी खजुरा रोडमा रहेको शिवम् मोबाइल सेन्टर रहेका छन् । अनुगमनकै क्रममा भेटिएका जिल्ला प्रशासन कार्यालयका महेश्वर पौडेलले मापदण्डमा तोकिएको भन्दा साना ग्यास सिलिन्डर बिक्री गर्न र शिलवाला ग्यास खोलेर अन्य खाली सिलिन्डरमा भरी बिक्रीवितरण गर्ने कार्य गैरकानुनी भएको बताए । अर्का अनुगमनकर्ता उपभोक्ता हित संरक्षण मञ्चका प्रभातसिंह ठकुरीले पहिला पहिला दशै र तिहारजस्ता ठूला चाडवाडमा मात्र हुने बजार अनुगमनका कारण व्यापारीले अन्य दिनहरूमा खुलेआम कालोबजारी गर्ने र उपभोक्ता लुट्ने काम गरेको बताए । नियमित बजार अनुगमनका कारण व्यापारीहरूले त्यसो गर्न नपाउने तथा उपभोक्ता पनि सचेत र जागरुक हुने हुँदा नियमित अनुगमन गरिएको बताए ।संयुक्त अनुगमन टोलीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्णप्रसाद पौडेल, भूमिराम ढकाल, जिल्ला प्रशासन कार्यालयका महेश्वर पौडेल, जिल्ला गुणस्तर तथा नापतौल कार्यालयका रामसुरत चौधरी, उपभोक्ता हित संरक्षण मञ्चका प्रभातसिंह ठकुरी र नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी इन्चार्ज सूर्यबहादुर बोगटी रहेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया