Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधडिजी पे प्रा.लि र स्टार हस्पिटलबीच सहकार्य गर्ने सम्झौता

डिजी पे प्रा.लि र स्टार हस्पिटलबीच सहकार्य गर्ने सम्झौता


काठमाडौं । डिजी पे प्रा.लि र स्टार हस्पिटलबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ । डिजी पे प्रा.लिले आफ्नो बजार र सेवा विस्तार गर्ने योजनाअन्तर्गत ललितपुरमा रहेको अस्पतालसँग सम्झौता गरेको हो ।

सहकार्यअन्तर्गत डिजी पेले ल्याएको व्यावसायिक तथा घर दैलो योजनाअन्तर्गत डिजी पेमा आबद्ध हुने सम्पूर्ण व्यवसायी तथा घरदैलोका ग्राहकहरुले स्टार हस्पिटलको सौजन्य ८ सय २५ रुपैयाँको दुईवटा १ हजार ६५० रुपैयाँबराबर ओपीडी टिकट निःशुल्क पाउनेछन् ।

साथै बेड तथा स्वास्थ्य परीक्षणमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्मको छुट पाउनेछन् । स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनका अनुसार यस सहकार्यले सम्बन्धित सबैलाई व्यावसायिक, सामाजिक तथा स्वास्थ्य लाभ हुने र यस्तो नौलो र विशेष सहकार्यमा आबद्ध हुन पाउनुमा खुसी व्यक्त गरे ।

उनका अनुसार यस सहकार्यले स्थानीय स्तरमा प्रत्यक्ष बजार बिस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने जनाए । त्यस्तै डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले स्टार हस्पिटलजस्तो एक प्रतिष्ठित स्वास्थ्य संस्थासँग सहकार्य गरी आफ्ना व्यवसायी र ग्राहकलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए ।

उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यसअन्तर्गत स्वाथ्य क्षेत्रलाई आबद्ध गर्ने पहिलो खुट्किलो र उपलब्धि हो । यसैगरी अरु पनि विभिन्न संस्थाहरुसंग पनि सहकार्य गरी आफूसँग सम्बन्धित व्यवसायी तथा ग्राहकलाइ थप अफर तथा सुबिधा दिने योजना रहेको बताए । सम्झौतापत्रमा स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जन र डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा स्टार हस्पिटल र डिजी पेका विभिन्न व्यक्तित्वहरुको पनि उपस्थित थिए । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x