Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘इन–एप’ पेमेन्ट सर्भिस सुरु गर्ने तयारीमा भाइबर

‘इन–एप’ पेमेन्ट सर्भिस सुरु गर्ने तयारीमा भाइबर


काठमाडौं । राकुटेन भाइबरले ‘सुपर एप’ हुने आफ्नो उद्देश्यलाई पूर्णता दिने अत्यन्तै महत्वपूर्ण कदम लिएको छ । भाइबरको प्रमुख कार्यकारी निर्देशकको पदमा भर्खरै नियुक्ति पाएका ओफिर इयालले भाइबरलाई अब फिनटेक श्रेणीमा पनि ल्याउने भएका छन् । प्रयोगकर्ताहरूलाई प्लेटफर्मभित्रै डिजिटल वालेट बनाउने सुविधा प्रदान गर्दै भाइबरले ‘इन–एप’ पेमेन्ट सर्भिस सुरु गर्न तयारी थालेको छ ।

बिल तिर्न, सामान खरिद गर्न र अन्य व्यक्तिहरूलाई पैसा ट्रान्सफर गर्नका लागि भाइबरको ‘पेमेन्ट सर्भिस’ बैंक अकाउन्ट एवं भिजा र मास्टरकार्डसँग लिंक गर्न सकिनेछ । भाइबरले सुरुमा प्रोयगकर्ताहरूलाई निःशुल्क उपलब्ध ‘पियर–टू–पियर’ ट्रान्सफर सार्वजनिक गर्नेछ । उक्त सेवा यस गर्मीयामको अन्त्यतिर जर्मनी र ग्रिसमा उपलब्ध हुनेछ, यस सेवाको प्रारम्भिक कालमा, अन्य मार्केटहरूमा सार्वजनिक गर्न पहिले सेवालाई थप परिमार्जन गर्न आवश्यक कुराहरूबारे भाइबरले आफ्ना प्रयोगकर्ताहरूबाट सल्लाह–सुझाव लिने बताइएको छ ।

गत वर्ष अगस्टमा भाइबरको सीईओमा नियुक्ति पाएका इयालले कम्पनीसँग गरेको सात वर्षको यात्रामा कम्पनीको विकासमा र भाइबरलाई प्रयोगकर्ताहरूको थप नजिक ल्याउन अत्यन्तै महत्वपूर्ण योगदान दिएका छन् । सीईओमा नियुक्ति हुनुअघि राकुटेन भाइबरमा भाइस प्रेसिडेन्ट अफ प्रडक्टको पदमा रहेका इयाल प्रयोगकर्ताको अनुभव, ग्राहकको सफलता, कन्टेन्ट र स्थानीयकरणजस्ता क्षेत्रहरू सम्हाल्दै आइरहेका थिए । हालै, भाइबरले गरिरहेको प्रगतिहरूले प्रयोगकर्ताहरूलाई एकअर्कासँग कम्युनिकेट गर्न प्रोत्साहित गर्नुका साथै व्यापार र मनोरञ्जन दुवैमा उनीहरूको अनुभवलाई नयाँ उचाइमा पु-याउन मद्दत गर्ने सुविधाहरू प्रदान गरेको छ । भाइबरले आफूलाई विश्वकै अग्र स्थानमा कायम राखिरहँदा, इयाल कम्पनीको विकासमा थप सहयोग पुग्ने नयाँ–नयाँ अवसरको अन्वेषणमा पनि लागिपरेका छन् ।

एसिया प्यासिफिक पछिल्लो दिनहरूमा भाइबर सबैभन्दा तीव्र गतिमा विकास भइरहेको क्षेत्रहरूमध्ये एक हो । यस क्षेत्रमा भाइबरको प्रयोगकर्ताहरू प्रत्येक वर्ष २० प्रतिशतको दरले बढिरहेका छन् र साझेदारी योजनाहरूलाई आफ्नो क्षेत्रमा नवीन ढंगबाट निरन्तर सञ्चालन तथा कार्यान्वयन गर्दै आइरहेको छ । यस्तै एसिया प्यासिफिक क्षेत्रमा भाइबरको लगानी जारी छ । नेपालमा ग्रुप च्याटमा ३८ प्रतिशत, ग्रुपमा पठाइएको मेसेजमा २६ प्रतिशत र कम्युनिटी भ्युअरमा ३९ प्रतिशत वृद्धिको साथ, भाइबर सबैभन्दा विशिष्ट र सर्वाधिक विश्वास गरिने एपमा पर्दछ । एपले नेपालमा व्यक्तिगत प्रयोगकर्तालगायत ठूला–साना व्यवसाय र शैक्षिक संस्थाहरूबाट उल्लेखनीय रूपमा विश्वास र इमानदारिता बटुलिसकेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x