Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकका ग्राहकलाई विराटनगरको ह्यारिसन प्यालेसमा छुट

सिद्धार्थ बैंकका ग्राहकलाई विराटनगरको ह्यारिसन प्यालेसमा छुट


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र विराटनगरस्थित ह्यारिसन प्यालेसबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रदेश १ प्रमुख कमल बस्नेत तथा ह्यारिसन प्यालेसका तर्फबाट निर्देशक शोभाना दुगरले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरूले ह्यारिसन प्यालेसमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, इन्टरनेट बैैंकिङमार्फत होटल बसाइ सेवाको भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट र खानाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले ग्राहकहरूलाई डिजिटल बैंकिङ माध्यमतर्फ प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । ग्राहकमैत्री प्रविधिहरू भित्र्याउने क्रममा बैंकले विभिन्न डिजिटल बैंकिङ सेवाहरू जस्तै, अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता सुविधाहरू आफ्नो वेबसाइटमा रहेको इजी बैंक पोर्टलमार्फत प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x