Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगुराँस लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा प्राडा झा नियुक्त

गुराँस लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा प्राडा झा नियुक्त


काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा प्राडा प्रमोद कुमार झा नियुक्त भएका छन् । अर्थशास्त्रमा विद्यावारिधि गरेका झा स्नातकोत्तर क्याम्पस विराटनगरमा लामो समय प्राध्यापन क्षेत्रमा संलग्न हुनुको साथै राष्ट्रिय योजना आयोगको परामर्शदाता, विश्व विद्यालय अनुदान आयोगको पूर्वसदस्य र सिर्जना फाइनान्स लिमिटेडको सञ्चालक भई कार्य गरिसकेका छन् ।

गुराँस लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको यही साउन ३० गते सम्पन्न बैठकबाट स्वतन्त्र सञ्चालक पदमा नियुक्त डा. झा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नं. १ को आर्थिक सल्लाहकार, विराटनगर महानगरपालिका, उद्योग संगठन मोरङ र मोरङ व्यपार संघको समेत आर्थिक सल्लाहकारको रूपमा कार्य गरिसकेका एक अनुभवी अर्थशास्त्रीको रूपमा परिचित छन् ।

गुराँस लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त घ वर्गको प्रदेश स्तरीय लघुवित्त वित्तीय संस्था हो । यस वित्तीय संस्थाले हाल १ नं. प्रदेशमा ३३ वटा शाखा कार्यालयमार्फत २० हजारभन्दा बढी घर परिवारलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x