Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वमा घटे कोरोना संक्रमित, एसियामा बढ्यो मृतकको संख्या

विश्वमा घटे कोरोना संक्रमित, एसियामा बढ्यो मृतकको संख्या


काठमाडौं । कोरोना भाइरसबाट नयाँ संक्रमितको संख्या विश्वभरी घट्दै गइरहेको देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विश्वभर कोरोनाका कारण मृतकको संख्या पनि झण्डै छ प्रतिशतले कम भएको छ । तर एसियामा भने मृतकको संख्या बढेको संगठनको तथ्यांकमा देखिएको छ ।

गत हप्ता विश्वभर ५४ लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । यो संख्या अघिल्लो हप्ताको तुलनामा २४ प्रतिशत कम भएको जनाइएको छ । अफ्रिकामा ४० प्रतिशतका दरले नयाँ संक्रमितको संख्यामा कमी आएको छ । युरोप र मध्यपूर्वमा पनि कम देखिएको संगठनले जनाएको छ । पश्चिमी प्रशान्त र दक्षिण पूर्वीएसियामा भने मृतकको संख्यामा वृद्धि भएको छ । ती क्षेत्रमा क्रमश ३१ र १२ प्रतिशतका दरले मृतकको संख्यामा वृद्धि भएको देखिएको हो ।

विश्वभरी अझै पनि कोरोना भाइरसको असर बाँकी नै रहेकाले यसबाट बच्नका लागि अपनाउनु पर्ने उपाय अपाउन उत्तिकै आवश्यक रहेको डब्लुएचओका अधिकारीले जनाएका छन् । उनीहरुले खोप लगाउन, मास्कको प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न, संक्रमण भएमा कम्तीमा एक हप्ता छुट्टै बस्न सबैलाई अनुरोध गरेका छन् । कोरोना भाइरसको महामारी अन्त्य भइसकेको भन्ने नठान्न पनि उनीहरुले ध्यानाकर्षण गराएका छन् । रासस//एपी


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x