अफगानिस्तानले भूकम्प प्रभावित क्षेत्रमा २२ सय घर पुनर्निर्माण गर्ने
काबुल । अफगानिस्तानले भूकम्प प्रभावित पूर्वी क्षेत्रमा दुई हजार दुईसय घर पुनर्निर्माण गर्ने बताएको छ । सिन्ह्वाका अनुसार अफगानिस्तानको तालिवान नेतृत्वको प्रशासनले पूर्वी क्षेत्रका भूकम्प प्रभावित परिवारका लागि दुई हजार दुई सय घर पुनर्निर्माण गर्नुपर्ने अनुमान गरिएको जनाएको हो । त्यसैगरी, सरकारले पक्तिका प्रान्तको बरमल जिल्लामा एक हजार घर निर्माणका लागि काम शुरु भएको जनाएको छ ।
विपद् व्यवस्थापन तथा मानवीय मामिला उपमन्त्री माउलावी शाराफुद्दिन मुस्लिमले उक्त परियोजनालाई संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी युएनएचसीआरले सहयोग गरेको जनाएको छ । गत जुन २२ मा अफगानिस्तानमा गएको भूकम्पमा परी दुई हजारभन्दा बढी घर पूर्ण रूपमा भत्केका थिए । विनाशकारी भूकम्पका कारण पक्तिकाको गयान र बरमल जिल्ला तथा छिमेकी खोस्त प्रान्तको स्पेरा जिल्लामा एक हजारभन्दा बढीको मृत्यु हुनुका साथै तीन हजारभन्दा बढी घाइते भएका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया