Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा जन्मिएका क्यानडेली अर्बपतिलाई १३ वर्ष जेल सजाय

चीनमा जन्मिएका क्यानडेली अर्बपतिलाई १३ वर्ष जेल सजाय


हङकङ । चिनियाँ–क्यानडेली अर्बपति सियाओ चिनुआलाई शुक्रबार १३ वर्षको जेल सजाय सुनाइएको छ । हङकङको एक होटलबाट अपहरणमा परेको पाँच वर्षपछि उनलाई मूलभूमि चीन लगिएको थियो । सोसँगै उनीविरुद्ध जेल सजाय भएको हो ।

सियाओ र उनको कम्पनी टुमरो होल्डिंग्सले दशौँ अर्ब डलरको अपराध गरेको भन्दै जेलसजाय सुनाइएको हो । अवैधानिक रुपमा सर्वसाधारणको निक्षेप लिएको, सम्पत्तिको दुरुपयोग गरेको र घुसखोरीमा पैसाको अवैध खर्च गरेको सांघाई फस्र्ट इन्टरमिडिएट अदालतले एक वक्तव्यमा जनाएको छ । अदालतले उनीविरुद्ध साढे नौ लाख डलर र कम्पनीविरुद्ध आठ अर्ब डलर जरिवाना समेत लगाएको छ ।

‘टुमारो होल्डिंग्स र सियाओ चिन्वाले गम्भीरुपमा वित्तीय व्यवस्थापनलाई क्षति पु¥याएको र देशकै वित्तीय सुरक्षालाई खतरामा पारेको आरोप लगाइएको छ । तर सियाओ र उनको कम्पनीले आफ्नो अपराध स्वीकारेको पनि उल्लेख छ । सियाओ चीनका धनीमध्येका एक हुन् । उनको नियन्त्रणमा टुमरो ग्रुप रहेको छ । यसका बैंक, इन्स्योरेन्स र घरजग्गा क्षेत्रमा ठूलो सेयर लगानी रहेको बताइएको छ । हुरुनका अनुसार सियाओसँग छ अर्ब डलर सम्पत्ति छ भने चीनमा उनी ३२औँ धनी हुन् । तर यो सन् २०१६ को धनी सूची हो । सन् २०२१ सम्मको २० वर्षमा सियाओ र उनको कम्पनीले सरकारी अधिकारीलाई सेयर, घरजग्गा, पैसा र अन्य सम्पत्ति गरी झण्डै १० करोड डलर दिएको अदालतले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x