बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेकी छिन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका बस्ने २६ वर्षीया फरार प्रतिवादी सबिना थापालाई शनिबार पक्राउ गरिएको हो ।
उच्च अदालत पाटनको २०७९ असार ७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा तीन दिन कैद र १२ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई सीआईबीबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–४ धुम्वाराहीबाट पक्राउ गरेको हो । थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको एनआईसी एसिया बैंक लिमिटेड भक्तपुर थिमीमा रहेको उनको बैंक खाताबाट दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । उनलाई कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको सीआईबीले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया