‘एसएसएफ नेपाल’ एपबाटै ७५ लाखसम्म घर सापटी
काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताहरुले अबदेखि ‘मोबाइल एप’ बाट घरमै बसेर ७५ लाखसम्म घर सापटी लिन सक्नेछन् । सामाजिक सुरक्षा कोष ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ का सेवाहरु अबदेखि ‘मोबाइल एप’मार्फत प्रदान गर्ने भएसँगै घरमै बसेर योगदानकर्ताहरुले सापटी लिन सक्नेछन् । निर्देशिकाले तय गरेअनुरुप घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र योगदानकर्ता विशेष सापटी अब मोबाइल एपमार्फत पाउन सकिन्छ । भदौ पहिलो सातादेखि सञ्चालनमा आएको उक्त मोबाइल एपको नाम भने ‘एसएसएफ नेपाल’ छ ।
भदौ १ देखि कार्यान्वयनमा आएको एसएसएफ नेपाल एपमार्फत विशेष सापटी माग, ग्राहक पहिचान जानकारी, अवकाश भुक्तानी माग, योगदान रकम जम्मा भएको विवरण हेर्ने लगायत १३ किसिमका विविध सुविधाहरु प्रदान गरिने कोषका सूचना अधिकारी डा. रोशन कोजुले बताए । सम्पूर्ण सेवाहरु मोबाइल एपमार्फत नभए पनि योगदानकर्ताहरुले आवश्यक विषयहरु भने रहेको कोषले जनाएको छ । एप कार्यान्वयनमा आएसँगै योगदानकर्ताहरु घरमै बसेर आफूलाई आवश्यक सेवाहरु लिन सक्नेछन् । यसले योगदानकर्ताहरुको समय बचत तथा खर्च समेत जोहो गर्नेछ । आफ्नो हातमा नै आवश्यक सेवा आउने हुँदा सहज हुनको साथै भौतिक उपस्थिति र भौतिक सहकार्य आवश्यक पर्दैन । प्रविधिमैत्री हुँदा कोषका पदाधिकारी र योगदानकर्तालाई सहज हुने अधिकारीहरु बताउँछन् ।
निर्देशिकाअनुरुप घर सापटी स्वीकृत गर्दा धितो मूल्यांकनबाट कायम भएको रकममा नबढ्ने गरी ७५ लाख रुपैयाँ नगद, योगदानकर्ताको १५ वर्षको तलब तथा ६० वर्ष उमेर पुग्न बाँकी कार्य अवधिको तलबमध्ये जुन कम हुन्छ सो रकमसम्म प्रदान गर्ने गरी स्वीकृत गरिने उल्लेख छ । शैक्षिक सापटी ३५ लाख रुपैयाँ, सम्बन्धित शिषण संस्थामा लाग्ने वास्तविक खर्च, सामाजिक कार्य सापटीअन्तर्गत योगदानकर्ता आफू वा एकाघर÷सगोलको परिवारको सदस्यको सामाजिक कार्यका लागि अन्य कोषबाट लिएको सामाजिक कार्य सापटी स्वाप गरी कोषले सामाजिक कार्य सापटी प्रदान गर्ने, योगदानकर्ता विशेष सापटीअन्तर्गत योगदानकर्ताको अवकाश कोषमा जम्मा भएको रकमको अधिकतम ८० प्रतिशत रकमसम्म प्रदान गर्नसक्ने लगायतका सुविधा छ भने सो सुविधाहरु अबदेखि मोबाइल एपमार्फत लिन सकिन्छ । रकम तथा सुविधा लिने मात्र नभई भुक्तानी समेत उक्त एपमार्फत गर्न सकिनेछ । यसका साथै सापटीका प्रक्रिया (मागफारम), सापटीका मापदण्ड, सापटी ब्याजदर, धितो लिन सकिने सम्पत्तिलगायतको जानकारी समेत एपमार्फत योगदानकर्ताहरुले लिन सक्छन् । सापटी अस्वीकार्य, त्रुटिहरुको विषयमा समेत एपले जानकारी दिनेछ । सापटी सम्झौता गर्ने कागजात, रकम प्राप्त गर्ने प्रक्रियालगायतका सेवाहरु एपमार्फत हुनेछ ।
एसएसएफ नेपाल सञ्चालनमा ल्याएसँगै योगदानकर्ता केशव खड्काले सोही एपमार्फत रकम प्राप्त गरेका छन् । पाँचतारे होटल सोल्टीका अवकाशप्राप्त कर्मचारी रहेका खड्काले रकम भुक्तानीको लागि उक्त एपबाट आवेदन दिएका थिए जसलाई कोषले स्वीकृत गरेको थियो । चितवनको इ–नेपाल प्रालिमा कार्यरत पवनबाबु प्रधानले पनि विशेष सापटी योजना प्राप्त गर्न दिएका आवेदन स्वीकृत भएको थियो । उनले तीन लाख ५० हजार रुपैयाँ सापटीका लागि आवेदन दिएका थिए ।
कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनामार्फत सेवा दिँदै आएको छ । कोषमा हालसम्म १७ हजार दुई सय ९७ जना रोजगारदाता र तीन लाख ५४ हजार एक सय ७४ जना योगदानकर्ता सूचीकृत छन् । २२ अर्ब २२ करोड रुपैयाँ योगदान रकम संकलन भएको छ भने दुई अर्ब ३९ लाख रुपैयाँ दाबी भुक्तानी रकम छ । यस्तै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २५ करोड रुपैयाँ, दुर्घटना र अशक्तता सुरक्षा योजनामा दुई करोड ६४ लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनामा तीन करोड ८५ लाख रुपैयाँ र अवकाश दाबी सुरक्षा योजनामार्फत एक अर्ब ६८ करोड रुपैयाँ दाबी गरिएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा ३२ को उपदफा (१) को खण्ड (ट) तथा नेपाल सरकारले स्वीकृत गरेको सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ को व्यवस्थाबमोजिम उक्त निर्देशिका तयार पारिएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया