५० खर्ब नाघ्यो बैंकिङ क्षेत्रको कुल निक्षेप
काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप ५० खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ६० वटा संस्थाहरुले यही साउन मसान्तसम्ममा कुल ५० खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरुले मात्र संकलन गरेको कुल निक्षेप ४४ खर्ब ३४ अर्ब र विकास बैंक तथा फाइनान्स कम्पनीहरुले संकलन गरेको कुल निक्षेप छ खर्ब रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुसार २०७९ साउन मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल कर्जा प्रवाह रकम भने ४७ खर्ब रुपैयाँ पुगेको छ । उक्त कर्जामध्ये वाणिज्य बैंकहरुले मात्र प्रवाह गरेको कर्जा रकम ४१ खर्ब ७२ अर्ब र विकास बैंक तथा फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कर्जा रकम पाँच खर्ब २९ अर्ब रुपैंयाँ छ । राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप भने २०७९ असार मसान्तसम्ममा नौ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप २१ दशमलव चार प्रतिशतले बढेको थियो । २०७९ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः आठ दशमलव नौ प्रतिशत, २७ दशमलव छ प्रतिशत र ५५ दशमलव आठ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष यस्तो अंश क्रमशः १० दशमलव चार प्रतिशत, ३४ दशमलव दुई प्रतिशत र ४७ प्रतिशत रहेको थियो । २०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८ दशमलव तीन प्रतिशत छ ।
२०७८ असार मसान्तमा यस्तो निक्षेपको अंश ४२ दशमलव सात प्रतिशत थियो । २०७९ असार मसान्तसम्मममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३ दशमलव एक प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा २७ दशमलव तीन प्रतिशतले बढेको थियो ।
२०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ दशमलव तीन प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ६३ दशमलव छ प्रतिशत र ३६ दशलव चार प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।
यसैगरी २०७९ असार मसान्तसम्ममा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १२ दशमलव सात प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १३ दशमलव नौ प्रतिशतले र वित्त कम्पनीहरुको २९ दशमलव आठ प्रतिशतले बढेको छ ।
२०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६६ दशमलव चार प्रतिशत कर्जा घरजग्गाको धितोमा प्रवाह भएको छ । यसबाहेक १२ दशमलव तीन प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ ।
२०७८ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६ दशमलव एक प्रतिशत र १२ दशमलव सात प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७८/०७९ मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा १९ दशमलव सात प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा आठ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५ दशमलव सात प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १३ दशमलव तीन प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा आठ दशमलव सात प्रतिशतले बढेको छ ।
राष्ट्र बैैंकका अनुसार २०७९ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २८ दशमलव चार प्रतिशतले, ओभरड्राफ्ट कर्जा १३ दशमलव सात प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा १५ दशमलव दुई प्रतिशतले बढेको छ । यस अवधिमा रियलस्टेट कर्जा भने १७ दशमलव पाँच प्रतिशतले बढेको छ । यस्तो कर्जामा व्यक्तिगत आवासीय घर कर्जा समेत समावेश गरिएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा ट्रष्ट रिसिट अर्थात् आयात कर्जा ६१ दशमलव नौ प्रतिशतले, मार्जिन प्रकृति कर्जा २४ दशमलव तीन प्रतिशतले र हायर पर्चेज कर्जा दुई दशमलव दुई प्रतिशतले घटेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया