Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएक्सेल डेभलपमेन्ट बैंकको ‘एक्सेल समृद्धि बचत खाता’

एक्सेल डेभलपमेन्ट बैंकको ‘एक्सेल समृद्धि बचत खाता’


काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणहरूको हितलाई मध्यनजर गरी एक्सेल समृद्धि बचत खाता सञ्चालनमा ल्याएको छ । यस बचत खातामा वार्षिक नौ दशमलव शून्य पाँच प्रतिशत ब्याजदर प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । यसअन्तर्गत न्यूनतम दुई हजार रुपैयाँमा खाता खोल्न सकिनेछ भने ब्याज मासिकरूपमा प्राप्त हुनेछ । एक्सेल समृद्धि बचत खाता सबै उमेरसमूहका नेपाली नागरिकहरूले खोल्न सक्नेछन् ।

‘तपाईँको स्थानीय साझेदार’ भन्ने नारा लिएको यस बैंकले स्थानीयस्तरमा बचत गर्ने बानी बसाउनका लागि उच्च प्रतिफल दिने एक्सेल समृद्धि बचत खाताका खातावालाहरूलाई विभिन्न बैंकिङ सुबिधाहरू समेत उपलब्ध गराउनेछ । जसअन्तर्गत निःशुल्क मोबाइल बैंकिङ, एटीएम कार्ड, चेक बुक, अन्य बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क मिनाहाका साथै ग्राहकको अनुरोधमा होम बैंकिङको सुविधा पनि उपलब्ध हुनेछ ।

हाल बैंकले वैदेशिक विप्रेषणलाई प्रोत्साहन गर्न वार्षिक १० दशमलव शून्य पाँच प्रतिशत ब्याज प्राप्त हुने रेमिट बचत खाता र वार्षिक १३ दशमलव शून्य पाँच प्रतिशत ब्याज प्राप्त हुने रेमिट मुद्दती खाता समेत सञ्चालन गरिरहेको छ । यसका अतिरिक्त १० वर्षमा तीन गुणा तथा १५ वर्षमा पाँच गुणा हुने मुद्दती निक्षेपहरू पनि सञ्चालनमा रहेका छन् ।

झापा, मोरङ, सुनसरी, इलाम र पाँचथर कार्यक्षेत्र भएको बैंकले ४४ वटा शाखामार्फत स्थानीयस्तरमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ । नगदरहित कारोबारलाई प्रोत्साहन गर्न स्मार्ट बैंकिङ, क्यूआर कोड पेमेन्ट, आरटीजीएस कर्पोरेट–पेजस्ता सुविधाहरू समेत उपलब्ध गराउँदै आएको छ । साथै १ नं. प्रदेशभरि सेवा विस्तार गरी प्रादेशिक बैंक बन्नका लागि आवश्यक पुँजी समेत पु-याई नेपाल राष्ट्र बैंकमा आवेदन गरी सकेको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x