Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविदेशमा कमाएको पैसा अब ज्योति विकास बैंकमा राख्दा ६५ महिनामै डबल

विदेशमा कमाएको पैसा अब ज्योति विकास बैंकमा राख्दा ६५ महिनामै डबल


काठमाडौं । ज्योति विकास बैंकले रेमिट्यान्स प्राप्त रकमलाई मुद्दती खातामा बचत गरी ६५ महिनामै डबल हुने ‘ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट’ मुद्दती खाता सञ्चालनमा ल्याएको छ । विदेशमा गरिएको मिहिनेतको कदर गर्दै बैंकले रकम डबल प्राप्त हुने मुद्दती योजना सार्वजनिक गरेको हो ।

व्यक्तिगत ग्राहकहरूलाई लक्षित गरी ल्याइएको उक्त डबल मुद्दती खाता न्यूनतम मौज्दात १० हजार वा सोभन्दा बढी रकम जम्मा गरी खोल्न सकिन्छ । सो खाता बैंकको सम्पूर्ण शाखा कार्यालयहरूबाट तथा विदेशमा रहेका ग्राहकहरूद्वारा अनलाइनबाटै भिडियो केवाईसी अपडेट गरी सञ्चालनमा ल्याउन सकिनेछ । साथै, यस खातामा ग्राहकलाई आवश्यक परेको खण्डमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधाको व्यवस्था पनि छ । यो योजना २०७९ भदौ महिना सम्मको लागि लागू हुनेछ ।

त्यसैगरी, रेमिट्यान्स आम्दानीबाहेकका ग्राहकहरूको लागि पनि ‘ज्योति दुई गुणा डिपोजिट’मार्फत ७० महिनामै रकम डबल हुने मुद्दती योजना पनि सञ्चालनमा ल्याइएको छ । ज्योति विकास बैंक ग्राहककेन्द्रित भई ग्राहकहरूको आवश्यकता र मागहरूलाई अनुसरण गर्दै नवीनतम सुविधाहरू ल्याई ग्राहकहरूको बैंकसँगको कारोबारलाई थप दीर्घकालीन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ । बैंकले हाल एक सय १९ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x