Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकार बम आक्रमणमा मारिइन् पुटिनका सहयोगीकी छोरी

कार बम आक्रमणमा मारिइन् पुटिनका सहयोगीकी छोरी


मस्को । रुसी राष्ट्रपतिका सहयोगी तथा दार्शनिक अलेजेन्डर डुगिनकी छोरी कार बम आक्रमणमा परी मारिएकी छिन् । रुसी अधिकारीहरुले आइतबार घटनाको छानबिन सुरु गरेको बताएका छन् ।

एजेन्सीहरुका अनुसार हत्या गरेको ठहरसहित अनुसन्धान थालिएको हो । मस्कोबाहिर उनको हत्या भएको बताइएको छ । रुसी अनुसन्धान समितिले कसैको योजनाबद्ध आक्रमणमा उनको मृत्यु भएको बताएको छ । घटना हुँदा उनी टोयोटाको ल्यान्ड क्रुजरमा थिइन् । त्यसमा कसैले विस्फोटक डिभाइस पहिले नै राखिदिएको समितिले जनाएको छ । शनिबार राति ९ बजेतिर उक्त आक्रमण भएको थियो । रुसी समाचार संस्था तासका अनुसार बोल्सिए भ्याजेमीस्थित एक गाउँनजिकै आक्रमण भएको थियो ।

डुगिनाका बुबा रुसी लेखक हुन् । युक्रेनमाथि आक्रमण गर्न उनले नै पुटिनलाई अभिप्रेरित गरेको पश्चिमा सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनलाई पुटिनका मस्तिष्क समेत मानिन्थ्यो । डुगिनका बाबुछोरीविरुद्ध अमेरिकाले प्रतिबन्ध लगाएको छ । बेलायतले पनि जुलाईमा उनीहरुविरुद्ध प्रतिबन्ध लगाएको थियो । डुगिनाका साथीहरुले भने आक्रमणको निशाना उनका बुबा भएको बताएका छन् । उक्त कार पनि उनको बुबाकै भएको बताइएको छ । रुसी विदेश मन्त्रालयका अधिकारीले भने यो आक्रमण युक्रेनी पक्षबाट भएको आरोप लगाएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x