Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधठूलो मात्रामा लागुऔषध गाँजाको फँडानी

ठूलो मात्रामा लागुऔषध गाँजाको फँडानी


बझाङ । लागुऔषध नियन्त्रण तथा दुर्व्यसनलाई निरुत्साहित पार्नका लागि जिल्ला प्रहरी कार्यालय बझाङले विभिन्न ठाउँमा चरेस र भाँगो उत्पादनका लागि लगाइएको गाँजाखेती नष्ट गर्ने अभियान सुरु गरेको छ । खेतबारीमा लगाइएको तथा विभिन्न ठाउँमा आफैँ उम्रिएको गाँजा नष्ट गर्न सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।

उनका अनुसार अहिले जिल्लाको वित्डचिर, थलारा, मष्टा, केदारस्युँ, छबिसपाथिभेरा गाउँपालिकार र जयपृथ्वी नगरपालिकका विभिन्न भागमा लगाएको र आफैँ उम्रिएको गाँजालाई प्रहरीको टोली, स्थानीय बासिन्दा तथा जनप्रतिनिधि मिलेर नष्ट गरिरहेका छन् । साथै अन्य पालिकाहरू सुर्मा, तल्कोट, खप्तड छान्नालगायतका भुभागमा लगाइएको गाँजाका बोटहरूलाई नष्ट गरिने अवस्थीले बताए । जिल्लाभर आइतबारसम्म मात्रै झन्डै १० रोपनी जग्गामा उम्रिएको र लगाइएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । गाँजाबाट चरेस उत्पादन हुने भएका कारण चरेसलाई नियन्त्रण गर्ने मुख्य उद्देश्यले आफैँ उत्पादन भएको र लगाएको गाँजालाई नष्ट गर्ने अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए । बझाङको साइपाल गाउँपालिका, वित्थडचिर गाउँपालिका, सुर्मा गाउँपालिका, छबिसपाथिभेरा गाउँपालिका, बुंगल नगरपालिकाका माथिल्लो भागहरूमा स्थानीयहरूले गाँजाको खेती गर्नेगरेको पाइन्छ ।

तीन वर्षमा १९ जना प्रकाउ, ९२ किलो चरेस बरामद
जिल्ला प्रहरी कार्यालय बझाङको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा मात्रै गाँजा चरेससँग सम्बन्धित मुद्दामा १९ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूबाट ९२ किलो सात सय १९ ग्राम चरेस बरामद गरी नष्ट गरिएको छ । योसँगै पछिल्लो तीन वर्षको अवधिमा एक सय २० किलो चरेस नष्ट गरिएको प्रहरीको तथ्यांक छ ।

बझाङमा पछिल्लो तीन आर्थिक वर्षमा आर्थिक वर्ष २०७६/०७७ देखि आव २०७९/०८० को हालसम्म लागुऔषध चरेससहित १५ जना पुरुष चार जना महिला गरी १९ जना कारबाहीको दायरामा पुगेका हुन्  । चार जना पुरुष र एक जना महिला गरी पाँच जना फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरी प्रमुख जागेश्वर भण्डारीले बताए । आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दा बढी ११ जना पुरुष दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ भने एक जना पुरुष फरार रहेका प्रहरीको तथ्यांकमा उल्लेख छ । उनीहरूबाट यस आवमा ३९ केजी दुई सय ३९ ग्राम चरेस बरामद गरिएको थियो ।

यस्तै आव २०७७/०७८ मा २५ केजी सात ग्राम ८१ मिलिग्रामसहित दुई पुरुष एक महिलालाई प्रहरीले लागुऔषध चरेससहित पक्राउ गरेको थियो । आर्थिक वर्ष २०७८/०७९ मा २७ केजी सात सय ८० ग्राम लागुऔषध चरेससहित एक महिला पक्राउ परेकी छन् भने दुई जना पुरुष फरारको सूचीमा छन् । अहिलेसम्म २७ केजी सात सय ८० ग्राम चरेससहित दुई जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी एक महिला एक पुरुष फरारको सूचीमा रहेको भण्डारीले बताए । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x