सनसिल्कको ‘सीमित विशेष दशैँ प्याक’
काठमाडौं । सनसिल्कले दशैँको अवसर पारेर ‘सीमित विशेष दशैं प्याक’ ल्याएको छ । यो नयाँ प्याकमा तीन भिन्न प्रकार हेयरफल सोलुसन, ब्ल्याक साइन र पर्फेक्ट स्ट्रेट छन् । नेपालको लाखौँ घरहरुमा यो नयाँ प्याकले स्थान पाउने अपेक्षा गरिएको छ । यसरी प्रस्तुत गरिएको तीन नयाँ प्याकहरुमध्ये पर्फेक्ट स्ट्रेट नेपालमा पहिलोपटक पेश गरिएको कम्पनीले जनाएको छ ।
‘सीमित विशेष दशैँ प्याक’मा कम्पनीले गत वर्ष बडादशैँ २०७८ को अवसर पारेर आयोजना गरेको सनसिल्क दशैँ भाइब्स अभियानका विजेताहरुलाई प्रस्तुत गरेको जनाएको छ । गत वर्ष सञ्चालित अभियानले नेपाली युवतीहरुलाई आफ्नो कपालको प्रदर्शन गरी आफ्नो क्षितिजलाई फैलाउने अवसर प्रदान गर्दै सनसिल्क ग्याङ्ग अफ गर्ल्सको एक हिस्सा बनेर ब्राण्डसँग आबद्ध हुने मौका दिएको थियो । आशिना देउला, प्रतिमा कार्की र लालना चिमरियाले अन्तिम चरणको फिनालेमा जित हासिल पार्दै सनसिल्कका ब्राण्ड एम्बेसडर द्वय प्रिन्सी र प्रिज्माका साथमा ब्राण्डको प्रतिनिधित्व गर्न जोडिएका थिए । यस्तै सनसिल्क नेपालले आफ्नो अत्यधिक सफल अभियान सनसिल्क दशैं भाइब्स दोस्रो वर्षको लागि पनि सुरु गर्ने तयारी गरिरहेको जनाएको छ । यसले लाखौँ नेपाली नेपाली युवतीहरुलाई आफ्नो सुन्दर कपाललाई प्याकमा प्रदर्शन गर्न पाउने अवसर फेरि पनि प्रदान गर्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया