दुई रातसम्म चीनको सांघाई अँध्यारो !
बेइजिङ । चीनको चर्चित सहर सांघाईमा दुई रात बत्ती नबन्ने भएको छ । प्रसिद्ध पर्यटकीय गन्तव्यमा ऊर्जाको संकट देखिएको हो । सिचुवान प्रान्तमा रहेका मुख्य ठूला उत्पादकहरुले बीबीसीसँग भनेका छन्– यहाँ ऊर्जाको बढ्दो संकट छ ।
विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनले अहिले हिटवेभका कारण मुख्य समस्या झेलिरहेको छ । आइतबार सार्वजनिक एक सूचनाअनुसार सांघाई ल्यान्डस्केपिङ एन्ड सिटी अपिएरेन्स एडमिनिस्ट्रेटिभ ब्युरोले सोमबार र मंगलबारसम्म बत्ती नबलने जनाएको छ ।
‘हामी यसका लागि गहिरो क्षमा प्रकट गर्छौँ’, उसले सूचनामा भनेको छ । गत हप्तामात्रै चीनले यसबारे सचेत गराएको थियो । खासगरी यांग्से डेल्टा क्षेत्र र सिचुवानमा असाध्यै तातो मौसम चलिरहेको छ । सिचुवानमा त ४० डिग्री सेल्सियससम्मको तापक्रम मापन गरिएको वक्तव्यमा उल्लेख छ ।
उक्त प्रान्तले पावर सेभिङका नियमहरु पाँचदेखि छ दिनसम्म लम्ब्याएको छ । यो औद्योगिक क्षेत्रलाई प्रभावित नहोस् भन्ने उद्देश्यले गरिएको हो । चेंग्दुमा आफ्नो कार उत्पादन गरिरहेको फक्सवागेनले अहिले पनि आफ्नो कारखाना बन्द रहेको उल्लेख गरेको छ । उसले यस अवस्थाबारे जानकार रहेको जनाउँदै विक्रेताहरुलाई जानकारी दिइरहेको उल्लेख गरेको छ ।
जापानी कार निर्माता टोयोटाले पनि सिचुवानमा भर्खरै युटिलाइजिङ इन–हाउस पावर जेनेरेसन प्रयोग गरी उत्पादन गर्न सुरु गर्ने जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया