Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलूप नेटवकर्सलाई भारत र चीनको ब्याण्डवीथ कनेक्टिभिटी प्राप्त

लूप नेटवकर्सलाई भारत र चीनको ब्याण्डवीथ कनेक्टिभिटी प्राप्त


काठमाडौं । लूप नेटवकर्स लिमिटेडले छिमेकी मुलुक भारत र चीनसँग सिधै ब्याण्डवीथ कनेक्टिभिटी प्राप्त गर्ने भएको छ ।

नेटवर्कसले ब्याण्डवीथ कनेक्टिभिटीको लागि भारतको नेटवकर्स सेवा प्रदायक कम्पनी एअरटेल, टाटा र सिफीसंग प्रारम्भिक छलफल चलिरहेको लूप नेटवर्कसले जानकारी दिएको छ । साथै नेटवर्कले चाडै सेवा सुचारु गर्ने पनि जनाएको छ ।

उक्त कार्य पस्चात लूप नेटवकर्स लिमिटेडले स्वदेशी ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई गुणस्तरीय ब्याण्डवीथ सुपथ मुल्यमा उपलव्ध गराउन सक्ने दावी गरेको छ । तस पस्चात लूप नेटवकर्स लिमिटेडको कारोबार दुई गुणाले बढ्ने नेटवर्कले अनुमान गरेको छ । साथै बिगतका दिनहरुमा झै आगामी दिनहरुमा पनि लूप नेटवकर्स लिमिटेडले सस्तो मुल्यमा प्रतिस्पर्धी, गुणस्तरीयर नयाँ योजनाहरु बजारमा ल्याउने कार्यलाई निरन्तर्ता दिईरहेको छ ।

लूप नेटवकर्र्स बिगत ६ बर्ष देखी ईन्टरनेट सेवा प्रदायकको रूपमा अवस्थित छ । गत साउन ४ गते लूप नेटवर्कस लिमिटेडले नेपाल दूरसंचार प्राधिकरणबाट नेटवर्क सेवा प्रदायकको ईजाजत पत्र प्राप्त गरेको थियो । साथै कम्पनीले यसै बर्षको अन्त्यतिर प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपिओ) पनि जारी गर्ने लागेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x