Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिःशुल्क एसईई तयारी कक्षा सञ्चालन

निःशुल्क एसईई तयारी कक्षा सञ्चालन


काठमाण्डौं,फागुन १४
दोलखामा निःशुल्क एसईई तयारी कक्षा सञ्चालन गरिएको छ । नेपाल विद्यार्थी संघको आयोजनामा १५औँ तरुण सहिद हेमन्त निःशुल्क एसईई तयारी कक्षा संचालन गरिएको हो । एक हप्ता अगाडिदेखि नै सञ्चालन भएको निःशुल्क कोचिङ कक्षाको मंगलबार औपचारिक रूपमा एक कार्यक्रमका बीच नेपाली कांग्रेस दोलखाका महासमिति सदस्य बर्मा लामाले उद्घाटन गरेका छन् ।

नेविसंघ दोलखाले विगत १५ वर्षदेखि आर्थिक अवस्था कमजोर भएका, जेहेन्दार र जिल्लाका दुर्गम भेगका विद्यार्थीलाई एकैठाउँ समेटेर निःशुल्क कोचिङ सञ्चालन गर्दै आएको कोचिङ कक्षा संयोजक राजन बस्नेतले बताए । निःशुल्क कोचिङ कक्षाका संस्थापक तथा नेविसंघ दोलखाका पुर्वअध्यक्ष राकेश श्रेष्ठले २०६३ सालदेखी निःशुल्क कोचिङ सुरु गरेको बताए । निःशुल्क कोचिङ कार्यक्रमले जिल्लाका सयौं विद्यार्थीलाई राहत मिलेको उनको भनाइ छ । कोचिङमा जिल्लाभरिका करिब एक सय १० जना विद्याथी सहभागी रहेको नेविसंघ अध्ध्यक्ष भीम खड्काले जानकारी दिए । कोचिङमा अंग्रेजी, गणित र विज्ञान विषयको पढाइ हुँदै आएको छ ।(आर्थिक दैनिक बाट)


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x