Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकाठमाडौंमा पहिलोपटक सम्पदालक्षित ‘लोकल गाइड’ तालिम

काठमाडौंमा पहिलोपटक सम्पदालक्षित ‘लोकल गाइड’ तालिम


काठमाडौं । नेपाल पर्यटन तथा होटल व्यास्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौं महानगरका सम्पदाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी प्रदान गर्न पहिलो पटक सम्पदा लक्षित स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिम सञ्चालन गरेको छ ।

उक्त तालिमको मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शुभारम्भ गरेका हुन् । कार्यक्रममा उनले स्थानीय पथप्रदर्शकहरुले स्थानीय कला, शिल्प र सम्पदाबारे पर्यटकलाई बुझाउने बताए । पहिलो चरणमा विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भू सम्पदामार्ग क्षेत्रका स्थानीय युवाहरुलाई तालिममा सहभागी गराइएको छ ।

यसबाट पर्यटन प्रवद्र्धन, मौलिक सम्पदाको संरक्षण हुनुका साथै पदमार्गका बासिन्दाको आय–आर्जनमा वृद्धि हुने अपेक्षा गरिएको छ । स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिममा स्थानीय महत्वका विभिन्न संरचना र दुलर्भ वास्तुकलाको जानकारी दिइनेछ । साथै उनीहरुलाई उक्त मार्गमा पर्ने मठमन्दिर, पाटी, सत्तल, ढुंगेधारा, पार्क, नदी, पोखरीहरुबारे जानकारी दिइनेछ ।

हनुमानढोकादेखि मरू गणेश–सन्तानेश्वर महादेव–नरदेवी घःछेँ–मेछ्य हिति–रञ्ति मल्ल सतःघाट–भेलु महादेव–निपु हिटी–भुइँखेल हुँदै स्वयम्भू पुगिने पदमार्गअन्तर्गत रहेका सम्पदाको मर्मत तथा पुनर्निर्माण कार्य समेत अघि बढिसकेको मन्त्री श्रेष्ठले बताए । यस क्षेत्रमा रहेका परम्परागत नेवाः शैलीका भवन, बौद्ध एवं हिन्दू धार्मिक तथा सांस्कृतिक महत्वका सम्पदाहरूको संरक्षण गरी काठमाडौंको वैभव देखिने गरी नमूना सम्पदा मार्ग निर्माण गरिने उनको भनाइ छ ।

सम्पदामार्गले आर्थिक गतिविधि चलायमान हुनुका साथै रोजगारीका विभिन्न अवसर सिर्जना हुने अपेक्षा गरिएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीले न्याथममा पहिलोपटक सम्पदा लक्षित स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिम सञ्चालन गरिएको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x