Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमस्कले ट्विटरका सहसंस्थापक दोर्सेलाई अदालत निम्त्याए

मस्कले ट्विटरका सहसंस्थापक दोर्सेलाई अदालत निम्त्याए


अमेरिका । स्पेस एक्स तथा टेस्लाका प्रमुख इलोन मस्कले सामाजिक सञ्जाल ट्विटरसँग कानुनी लडाइँ सुरु गरेका छन् । पहिले ट्विटर किन्ने प्रस्ताव गरेका उनले पछि नकिन्ने भनेपछि ट्विटर यसविरुद्ध अदालत गएको थियो ।

सो क्रममा उनले ट्विटरका सहसंस्थापक ज्याक दोर्सेलाई अदालतमा झिकाउन रिट दायर गरेका हुन् । मस्क अहिले ४४ अर्ब डलरको ट्विटरसँगको सम्झौता टुंग्याउने प्रयासमा छन् । उनले यसका लागि ट्विटरले आफूले मागेको नक्कली र झूठा एकाउन्टबारेको जानकारी ट्विटरले नदिएको आरोप लगाएका छन् ।

यसविरुद्धको मुद्दाको सुनुवाइ अमेरिकाको डेलावेरमा आगामी अक्टोवरमा हुनेछ । दुवै पक्षले यसअघि नै यसबारे मिलापत्र समेत गर्न सक्नेछन् । न्यायाधीशले विश्वकै धनी व्यक्तिलाई सम्झौता टुंग्याउन आदेश दिनेमा ट्विटरको आशा छ । मस्कले ट्विटरको ५४.२० प्रतिसेयर मूल्यमा सामाजिक सञ्जाल किन्ने बताएका थिए ।

सोही मुद्दाको सामनाको तयारीमा रहेका मस्कका वकिलहरुले ट्विटरका पूर्वमालिक दोर्सेलाई अदालत झिकाउन माग गरेका हुन् । मस्कका वकिलहरुले दोर्सेले यस मुद्दामा मस्कलाई सघाउने अपेक्षा गरेका छन् । मस्कले गत जुलाईमा ट्विटर नकिन्ने बताएका थिए । त्यसयता दुई पक्षबीच कानुनी लफडा चलिरहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x