Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमीको शाओमी१२ लाइट नेपाली बजारमा

शाओमीको शाओमी१२ लाइट नेपाली बजारमा


काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अल्ट्रा स्लिम शाओमी १२ लाइट नेपाली बजारमा ल्याएको छ । हरेक व्यक्तिको छुट्टाछुट्टै व्यक्तित्वलाई मध्यनजर गरेर शाओमी १२ लाइटको डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

शाओमीका कन्ट्री जनरल म्यानेजर अमित पण्डाले शाओमीले नवीनतम प्रविधिमा अपडेट भइरहन रुचाउने ग्राहक वर्गलाई ध्यानमा राख्दै सुप्रिम पर्फर्मेन्स क्षमता भएका र आकर्षक डिजाइनका टप नच फोन सेटहरु समय–समयमा विकास गरिरहने र सोही क्रममा कम्पनीको मोस्ट अवेटेड र फ्यासनेब्ली अपिलिङ स्मार्ट फोन शाओमी १२ लाइट नेपाली बजारमा ल्याएको बताए । यो फोनबाट उपभोक्ताहरुले फ्ल्यागशिप पर्फर्मेन्सको अभूतपूर्व अनुभव लिनेमा आफूहरु पूर्ण विश्वस्त रहेको उनको भनाइ छ । उनका अनुसार यसमा फ्ल्यागशिप डिजाइनका साथै १०८ एमपीको मेन क्यामरा, आठ एमपीको अल्ट्रा वाइड एङल क्यामरा र दुई एमपीको म्याक्रो क्यामरा रहेको छ ।

७.२९ एमएमको मोटाइ र जम्मा १७३ ग्रामको फेदरवेट र अल्ट्रा स्लिम शाओमी १२ लाइट हरियो, गुलाफी र कालो रंगहरुमा उपलब्ध छ । प्रिमियम एस्थेटिकको लागि यसको पछाडि पट्टीको भागमा युनिफाइड म्याट कलर ग्रेडिएन्ट फिनिश दिइएको छ । तीनवटा क्यामराको वरिपरि भएको मेटल रिङ्गहरुले यो स्लिक र युनिक सेटलाई अझ लक्जरियस टच प्रदान गर्छन् ।

साथै यसमा भएको तीन–तीनवटा शक्तिशाली लेन्सहरुले जुनसुकै कोणबाट हाइ डेफिनिसन तस्बिर लिन सकिन्छ । त्यस्तै यसमा भएको मोसन क्याप्चर इनेबल गरेर आइ ट्र्याकिङ फोकसमा स्टाइलिस कभर शटहरु लिन सकिन्छ । त्यस्तै अगाडि भएको ३२ एमपीको क्यामरामा जडित जीडीटु सेन्सर र अटो फोकसले स्पष्ट र उच्च गुणस्तरीय सेल्फी खिच्न सकिन्छ । साथै दुईवटा सफ्ट एलईडी सेल्फी ग्लोले प्रयोगकर्ताको प्राकृतिक सुन्दरतालाई राम्रोसँग कैद गर्छ । १९ टेम्पलेटसहितको भ्लग मोडबाट विभिन्न किसिमका भ्लगहरु तुरुन्तै बनाउन मिल्नुका साथै यसमा वान क्लिक एआई र अन्य थुप्रै सिनेम्याटिक फिल्टरहरु पनि उपलब्ध छन् । शाओमी १२ लाइटको स्यानपड्रागन ७७८ जी चिपसेटले फ्ल्यागशिप लेभलको फाइभजी पर्फर्मेन्स प्रदान गर्नुको साथै यसको मल्टी टायर कुलिङ सिस्टमले फोनलाई तातो हुनबाट बचाउँछ ।

त्यस्तै यसामा ४३०० मेगाहर्जको ब्याट्री भएको हुँदा दिनभर चलाउँदा पनि ब्याट्रीको समस्या हुँदैन । त्यस्तै ६७ वाटको टर्बो चार्जिङले १३ मिनेटमै ५० प्रतिशतसम्म ब्याट्री चार्ज गर्नसक्छ । यस्तै शाओमीको अडाप्टिभ चार्ज एल्गोरिदमले प्रयोगकर्ताको नाइट टाइम चार्जिङ रुटिन अध्ययन गरेर चार्जिङ स्ट्राटेजी पनि अप्टिमाइज गर्छ । फस्र्ट क्लास इमर्सिभ भ्युइङ एक्स्पिरियन्सको लागि यसमा ६.५५ इन्चको एमोलेड डिस्प्ले राखिएको छ । साथै यसमा भएको ट्रुकलर डिस्प्ले, १२० हर्जको स्क्रिन रिफ्रेश रेट, २४० हर्जको टच स्याम्प्लिङ रेटले प्रयोगकर्तालाई अत्यन्तै स्मुथ अनुभव प्रदान गर्छन् ।

त्यस्तै आँखामा पर्ने प्रेसर कम गर्न यसमा सन लाइट मोड ३.०, रिडिङ मोड ३.० र ट्रु डिस्प्ले राखिएको छ । साथै डुअल स्टेरियो स्पिकर र डल्बि एट्मस स्पासियल अडियो टेक्नोलोजीले प्रयोगकर्तालाई इमर्सिभ साउन्ड एक्स्पिरियन्स प्रदान गर्छन् ६+१२८ जीबी र ८+१२८ जीबीस्टोरेजसहित आउने शाओमी १२ लाइटको मूल्य ५० हजार नौ सय ९९ रुपैयाँ र ५३ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । यो सेट नेपालभरिको सम्पूर्ण आधिकरिक स्टोरहरुमा हहबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x