डीजी पे र नाइस टेलिभिजनबीच नौलो सम्झौता
काठमाडौं । मोबाइल वालेट कम्पनी डीजी पे प्रालि र नाइस टेलिभिजनबीच सहकार्यको लागि सम्झौता भएको छ । टेलिभिजनमार्फत व्यावसायिक प्रवर्द्धनका लागि नेपालमै नौलोखालको सम्झौता भएको हो ।
सम्झौताअनुसार डीजी पेको व्यावसायिक आबद्ध योजनाअनुरुप कम्पनीसँग आबद्ध हुने व्यवसायीले नाइस टेलिजिभजनमा एक लाख ५० हजार मूल्यबराबरको विज्ञापन तीन महिनासम्म निःशुल्क गर्न पाउने भएका छन् । साथै अन्य विज्ञापनमा पनि विशेष छुटको व्यवस्था गरिएको छ । सम्झौतापत्रमा नाइस टेलिभिजन एचडीका अध्यक्ष आशीर्वाद पुनः र डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् । नेपालकै दोस्रो एचडी टेलिभिजन च्यानेल नाइस टेलिभिजन एचडीसँग ‘अब टीभीमा विज्ञापन सबैका लागि’ भन्ने नाराका साथ फरक खालको सम्झौता गर्न पाउँदा निकै खुसी लागेको डिजी पेका पाण्डेले बताए ।
नाइस टेलिभिजन एचडीका अध्यक्ष पुनले डीजी पेसँग नौलो सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । नाइस टेलिभिजन एचडीको सामाजिक उत्तरदायित्व योजनाअन्तर्गत डिजी पेसँग आबद्ध सबै व्यवसायीहरुले आफ्नो व्यवसायको प्रचारप्रसार, बजार विस्तार र सेवाहरुको जानकारी अब राष्ट्रिय टेलिभिजनबाट विज्ञापनमार्फत जनमानसमा पु-याएर लाभ लिनसक्ने बताए । ‘अब यो सहकार्यअनुसार ठूूलादेखि साना व्यवसायीले पनि आफ्नो विज्ञापन टेलिभिजनमा प्रतिमहिना ५० हजारका दरले तीन महिनाको लागि निःशुल्क गर्न पाउनेछन्’, उनले भने । यसअघि डीजी पेले स्टार अस्पतालसँग पनि सहकार्य सुरु गरिसकेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया