Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपेवेल नेपालको अध्यक्षमा तिमिल्सिना नियुक्त

पेवेल नेपालको अध्यक्षमा तिमिल्सिना नियुक्त


काठमाडौं । भुक्तानी सेवा प्रदायक पेवेल नेपालको सञ्चालक समितिको अध्यक्षमा भीमप्रसाद तिमिल्सिना नियुक्त भएका छन् । उनलाई सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष तिमिल्सिनालाई मंगलबार नेपाल राष्ट्र बैंकको भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पद तथा गोपनीयताको शपथ गराए ।

बैंकिङ तथा व्यवस्थापनको क्षेत्रमा दुई दशक लामो अनुभव भएका तिमिल्सिनाले तत्कालीन अरनिको विकास बैंकको सञ्चालकको भूमिका निर्वाह गरेका थिए । उनी हाल चिलिमे जलविद्युत् कम्पनी र रसुवागढी जलविद्युत् कम्पनीको सञ्चालक र भेन्चर क्यापिटल प्रालिको कार्यकारी अध्यक्षका रुपमा रहेका छन् । सन् २०१९ मा स्थापना भएको पेवेल नेपालबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानी, फोहोरको महसुल तिर्न सकिनेछ  । आन्तरिक हवाइ टिकट, बसको टिकट, विभिन्न विद्यालय तथा कलेजको शुल्क भुक्तानी गर्न सकिनेछ । विभिन्न क्षेत्रको बिल भुक्तानी गर्न, विभिन्न ठाउँबाट पठाएको पैसा प्राप्त गर्न तथा पठाउन, विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम ट्रान्सफर गर्न, अनलाइनबाट खरिद गरिएको सामग्रीको भुक्तानी गर्न सकिनेछ । पेवेल वालेटमा विभिन्न बैंक तथा वित्तीय संस्थाको मोबाइल एप, इन्टरनेट बैंकिङ तथा कनेक्ट आईपीएसबाट रकम राख्न सकिनेछ ।

पेवेल नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्था आबद्ध छन् । पेवेल वालेट गुगल प्लेस्टोर र एप्पलको एपस्टोरबाट डाउनलोड गर्न सकिनेछ । यस कम्पनीले छिट्टै वालेटको परिमार्जित भर्सन निकाल्दै छ । जुन प्रयोगकर्तामैत्री हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x