Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबेस्ट फाइनान्सको नयाँ बचत योजना

बेस्ट फाइनान्सको नयाँ बचत योजना


काठमाडौं । बेस्ट फाइनान्स कम्पनीले नयाँ मुद्दती बचत योजना सार्वजनिक गरेको छ । ‘बचत डबल गर्ने कि तेब्बर’ भन्ने शीर्षकमा यो नयाँ योजना ल्याएको फाइनान्सले जनाएको छ ।

ग्राहकको रकमलाई सरक्षित बचत गरी उच्च प्रतिफल दिने लक्ष्यका साथ ल्याइएको यो योजनामा साधारण मुद्दती बचततर्फ पाँच वर्ष ११ महिनामा राखेको रकमको डबल हुनेछ । त्यस्तै नौ वर्ष पाँच महिनामा जम्मा गरेको रकमको तेब्बर हुने फाइनान्सले बताएको छ ।

फाइनान्सले रेमिट्यान्स मुद्दती बचतमा भने पाँच वर्ष सात महिनामा डबल र आठ वर्ष १० महिनामा तेब्बर हुनेछ । यो विशेष बचत योजनामा सहभागी हुने निक्षेपकर्ताले मोबाइल बैकिङ र एटीएम सेवा निःशुल्क पाउने फाइनान्सले जनाएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x