श्रीलंकाले तीन सयभन्दा बढी वस्तुमा आयात प्रतिबन्ध लगायो
कोलम्बो । श्रीलंकाले आयात प्रतिबन्धलाई कडाइ गर्दै थप तीन सयभन्दा बढी वस्तुमा प्रतिबन्ध लगाएको छ । आर्थिक संकटका कारण महिनौँदेखि आवश्यक बस्तु तथा सामानमा अभाव सिर्जना हुने गरेको छ । आर्थिक संकटका कारण सुरू भएको देशब्यापी आन्दोलनको बलमा सो समय देशको नेतृत्व गर्दै आएका राष्ट्रपति गोटावाय राजापाक्षलाई पदच्युत गरिएको थियो । राष्ट्रपतिको कार्यालयलाई प्रदर्शनकारीले घेराउ गर्दै कब्जा गरेपछि उनी सेनाको सहयोगमा माल्दिभ्स हुँदै सिङ्गापुर पुगेर राजिनामा घोषणा गरेका थिए । उनी अहिले थाइल्याण्डमा छन् भने स्वदेश फर्किन चाहेको उनको पार्टीले जनाएको छ ।
गत जुलाईमा राजापाक्षलाई पदबाट हटाएपछि राष्ट्रपति रनिल विक्रमासिंघेले विदेशबाट श्रीलंका आयात हुने घरेलु उपकरण र खेल सामग्रीलगायतका सामानमा प्रतिबन्ध लगाएका थिए । दुई करोड २० लाख जनसंख्या भएको दक्षिण एसियाली टापु राष्ट्रले विदेशी मुद्राको अभावका कारण धेरै आवश्यक वस्तुको चरम अभाव झेल्दै आएको छ । केन्द्रीय बैंकले गत साता विदेशी मुद्राको अभाव कम हुँदै गएको घोषणा गरे पनि नयाँ प्रतिबन्ध लगाइएको हो । यद्यपि, श्रीलंकाको अर्थतन्त्र यस वर्ष अपेक्षा गरिएभन्दा ८.० प्रतिशतले खुम्चिने अनुमान गरिएको छ र सेप्टेम्बरसम्ममा मुद्रास्फीति ६५ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ ।
विदेशी मुद्राको अभावका कारण श्रीलंकाले अप्रिलमा आफ्नो ५१ अर्ब अमेरिकी डलरबराबरको बाह्य ऋणको भारीे तिर्न असफल भएकोे थियो । अन्तर्राष्ट्रिय मुद्रा कोषको एक प्रतिनिधिमण्डलले बुधबार श्रीलंकाका अधिकारीहरूसँग कर्जा सहयोगका लागि वार्ता जारी राख्ने कार्यक्रम छ । तर श्रीलंकाको सबैभन्दा ठूलो ऋणदातामध्ये चीनले आफ्नो ऋणको पुनर्संरचना गर्न इन्कार गरेमा आईएमएफको सहायतामा ढिलाइ हुनसक्छ । बेइजिङले विद्यमान ऋणमा कटौती गर्नुको साटो थप ऋण जारी गर्ने आफ्नो प्रस्तावबाट सार्वजनिक रूपमा पछि हटेको छैन ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया