साउदी अरेबियाले एआईसम्बन्धी विश्व सम्मेलन गर्ने
रियाद । साउदी अरेबियाले ग्लोबल एआइ (आर्टिफिसियल इन्टेलिजेन्स) सम्मेलन गर्ने भएको छ । साउदी अरेबियाको समाचार समिति, साउदी प्रेस एजेन्सीले दिएको जानकारीअनुसार साउदी अरेबियाले आगामी सेप्टेम्बर महिनामा दोस्रो विश्व सम्मेलन गर्न लागेको हो ।
‘राम्रो मानवीयताका लागि आर्टिफिसियल इन्टेलिजेन्स’ भन्ने विषयमा केन्द्रित रहेर सो विश्व सम्मेलन गर्न लागिएको साउदी प्रेस एजेन्सीले जानकारी दिएको छ । सो सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्समा काम गरिरहेका विश्वका एक सय जना विज्ञ सहभागी हुने र आफ्नो विशेषज्ञताका विषयमा कार्यपत्र पनि प्रस्तुत गर्ने जनाइएको छ ।
सो सम्मेलनमा स्मार्ट सिटी, मानवीय क्षमताको विकास, स्वास्थ्य क्षेत्र, यातायात, संस्कृति तथा सम्पदा, उर्जा आदिका क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्सले गर्नसक्ने कामहरुका बारेमा पनि छलफल गरिने छ । मानिसको सहयोगी एवं मानवीय सेवा र जनशक्तिको पूर्तिका क्षेत्रमा यस आर्टिफिसियल इन्टेलिजेन्सले गर्नसक्ने कामका बारेमा सो सम्मेलनमा छलफल गरिने जनाइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे
- ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा जलवायु परिवर्तनको विषयमा कस्तो प्रभाव पर्ला ?
- बिटकोइनसँग जोडिएका सात रोचक र अपत्यारिला कुरा
- रवि लामिछाने विरुद्धको अनुसन्धानमा अब भैरहवामा के हुन्छ, पोखरामा के-के भयो ?
- जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने
- धर्मका नाममा राजनीति हुनु हुँदैन: प्रधानमन्त्री
- उत्तर कोरियाद्वारा रूससँग गरेको सुरक्षा सम्झौता अनुमोदन
- कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया