गौरीशंकर गाउँपालिकाको भोर्लेमा छुट्टै सेवाकेन्द्र स्थापना
दोलखा । भौगोलिक हिसाबले ठूलो र विकट मानिने जिल्लाको गौरीशंकर गाउँपालिकाले स्थानीय जनता तथा उपभोक्ताको सेवा सहजताको लागि वडा नम्बर– ७ भोर्लेमा छुट्टै सेवाकेन्द्र स्थापना गरेको छ ।
सातामा दुई दिन खुल्ने उक्त सेवा केन्द्रमा पालिकाले दिने सबै सेवा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । पालिकाको स्थायी केन्द्रबाट हुने सम्पूर्ण सेवा दिन थालेपछि पछिल्ला दिनहरूमा सेवाकेन्द्रमा सेवाग्राही वृद्धि भएको गौरीशंकर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङले जानकारी दिए । आइतबार र सोमबार खुल्ने सेवा केन्द्रमा १५ देखी २५ जना सेवाग्राही सेवा लिन आउने गरेका छन् । यस गाउँपालिका साविकका सातवटा गाविसहरू जुगु, झ्याँकु, सुरी, चंखु, मार्वु, खारे र गौरीशंकर मिलेर बनेको छ । भौगोलिक असहजताका कारण यस पालिकाभित्रका एउटा वडाबाट अर्को वडामा जान समेत घण्टौँ लाग्ने गर्छ । हाल पालिकाको स्थायी केन्द्र भएको ठाउँमा दुईवटा वडाबाहेक अन्य सबै वडालाई अपायक पर्ने भएकोले वडा नम्बर–५ भोर्लेमा सोवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको उपाध्यक्ष तामाङले जानकारी दिए । गत साउनदेखि सेवाकेन्द्र सञ्चालनमा ल्याइएको उनले बताए ।
सेवाकेन्द्रमा पछिल्ला दिनमा सिफारिस लिने, व्यक्तिगत समस्या टिपाउने, योजना सम्झौता गर्ने, कृषि सेवा, पशुसेवा माग गर्ने सेवाग्राही वृद्धि भएका छन् । पालिकाको उक्त सेवा केन्द्रमा खानेपानीको माग गर्दै निवेदन दिन आएका गौरीशंकर गाउँपालिका वडा नम्बर–७ का टाँसिमान शेर्पा भन्छन्, ‘यसअघि एउटा निवेदन दिन घण्टौँ हिँडेर गाउँपालिका कार्यालय धाउनुपर्ने बाध्यता थियो, अहिले भोर्लेमा सेवा केन्द्र राखेपछि सामान्यदेखि महत्वपूर्ण सेवा लिन धेरै सहज भएको छ ।’ जलविद्युत् उत्पादनको हिसाबले निकै राम्रो सम्भावना बोकेको पालिकामा हिउँद–बर्खा सुचारु हुने राम्रो सडक निर्माण हुन सकेको छैन । यस गाउँपालिका सुन्दर प्राकृतिक सम्पदाले धनी मानिन्छ । यसपालिका छिमेकी देश चीनको सिमाना रहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया