‘तीजको रमझम, आई पे रेमिटको तीज गीतमा नाचौँ छमछम’ योजना
काठमाडौं । हिन्दू नारीको महान् पर्व ‘हरितालिका तीज’लाई लक्षित गरी आई पे रेमिट प्रालिले ‘तीजको रमझम, आई पे रेमिटको गीतमा टिकटक बनाई नाचौँ छमछम’ विशेष योजना सार्वजनिक गरेको छ ।
यस योजना शुक्रबारबाट सुरु भई असोज १५ गतेसम्म लागू हुनेछ । यस योजनाअन्तर्गत उत्कृष्ट टिकटक भिडियो बनाउने पाँच जना भाग्यशाली विजेताले हरेक दिन मोबाइल टपअप पाँच सय रुपैयाँ, टिकटक भिडियोमा सबैभन्दा बढी लाइक पाउने सहभागीले लक्की विजेतास्वरुप १५ हजार रुपैयाँ र बम्पर पुरस्कारमा एक जना भाग्यशाली विजेताले २० हजार रुपैयाँ प्राप्त गर्नुहुनेछ ।
यस विशेष योजनामा मलेसिया, जापान कोरियालगायत विश्वको विभिन्न मुलुकबाट आई पे रेमिटमार्फत धेरैभन्दा धेरै कारोबार गरी योजनालाई सफल बनाइदिन पनि कम्पनीले आग्रह गरेको छ । नेपालको जुनसुकै ठाउँमा छरिएर रहेको २० हजारभन्दा बढी भुक्तानी केन्द्रबाट आई पे रेमिटमार्फत पठाएको पैसा सजिलै प्राप्त गर्न सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया