Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसाउथ एसियन किक बक्सिङ च्याम्पियनसिपमा श्रेष्ठलाई दुई स्वर्णपदक

साउथ एसियन किक बक्सिङ च्याम्पियनसिपमा श्रेष्ठलाई दुई स्वर्णपदक


काठमाडौं । बिजबजारमा कार्यरत तेक्वान्दो, कराते र किक बक्सिङकी राष्ट्रिय खेलाडी शिवानी श्रेष्ठले अगस्ट २०२२ मा भुटानमा आयोजना भएको साउथ एसियन किक बक्सिङ च्याम्पियनसिप २०२२ मा दुई स्वर्णपदक जित्न सफल भएकी छन् ।

उनले सो प्रतिस्पर्धामा महिला खुल्ला तौल समूह र खुल्ला प्रतिस्पर्धामा स्वर्णपदक हात पार्न सफल भएकी हुन् । उनले सो प्रतिस्पर्धामा उत्कृष्ट महिला फाइटरको उपाधि समेत प्राप्त गरेकी छन् भने श्रेष्ठको प्रायोजक संस्थाको रूपमा बिजबजार लिमिटेड रहेको थियो । बिजबजारले शिवानी श्रेष्ठलाई बधाइ दिँदै उनको प्रदर्शनप्रति गौरवान्वित महसुस भएको र यस प्रतिस्पर्धामा उनलाई हौसला र समर्थन प्रदान गर्न पाउँदा हर्षित भएको समेत जनाएको छ । अहिलेको युगमा कर्पोरेट संस्थाहरूले आफ्ना कर्मचारीहरूको कला, सिप, क्षमता र इच्छाप्रतिको लगावलाई उत्प्रेरित तथा समर्थन गर्न आवश्यक रहेको बताउँदै बिजबजारको यही नीतिले एउटा दक्ष, सक्षम र प्रभावशाली टिमको निर्माण गर्न मद्दत पुगेको बताएको छ ।

आरकेडी समूहले नेपाली बजारलाई डिजिटाइज गर्ने उद्देश्यका साथ सहायक कम्पनी बिजबजार लिमिटेडलाई पब्लिक कम्पनीको रूपमा स्थापना गरेको हो । बिजबजार व्यवस्थित, डिजिटलमैत्री ई–कमर्स प्लेटफर्म हो, जसले लाखौँ मानिसहरूलाई ब्रान्ड सिर्जना गर्न, तिनीहरूका कथाहरू सुनाउन र आफ्ना ग्राहकहरूसँग अनलाइनमार्फत सरल, सुरक्षित एवम् भरपर्दो तवरले कारोबार गर्न नवीन विचारहरूको साथ सहयोग गर्ने लक्ष्य राख्दछ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x