खप्तड लघुवित्तको एक करोड ३२ लाख रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको एक करोड ३२ लाख रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक लाख ३२ हजार कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको कम्पनीको यही भदौ आठ गते सुरु भएको साधारण सेयरको बिक्रीकार्य छिटोमा भदौ १२ गते र ढिलोमा यही भदौ २२ गते बन्द हुनेभएको छ ।
बिक्री खुला गरिएको कुल सेयरमध्येमा एक दशमलव ५१ प्रतिशत अर्थात् दुई हजार कित्ता सेयर कर्मचारीको लागि, पाँच प्रतिशत अर्थात् छ हजार छ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि र बाँकी रहेको एक लाख २३ चार सय कित्ता सेयर सर्वसाधारणमा बिक्री हुनेछ । खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम १३ सय २० कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी १० करोड, जारी पुँजी चार करोड एवं चुक्ता पुँजी दुई करोड ६८ लाख रुपैयाँ रहेको संस्थाको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी चार करोड रुपैयाँ पुग्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया