महालक्ष्मी विकास बैंकको ‘महाबचत खाता’
काठमाडौं । महालक्ष्मी विकास बैंकले उच्चतम ब्याजदरको ‘महालक्ष्मी महाबचत खाता’ सार्वजनिक गरेको छ । यो बचत खातामा बचत खाताहरूमध्ये सबैभन्दा उच्चतम नौ प्रतिशत ब्याजदर, निःशुल्क एटीएम कार्ड तथा मोबाइल बैंकिङ सुविधा प्रदान गरिने कुरा बैंकले जनाएको छ । न्यूनतम मौज्दात पाँच सय रुपैयाँमै खाता खोल्न सकिने यस बचत खातामा मासिक ब्याज भुक्तानी हुनेछ ।
विगतदेखि नै ग्राहकहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रहिआएको बैंकले आम ग्राहकहरूको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै महालक्ष्मी महाबचत खाता सञ्चालनमा ल्याएको हो । देशैभर छरिएर रहेका एक सय तीनवटा शाखाहरूमार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ । बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीनवटा शाखाहरूमार्फत करिब छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।
बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको दाबी पनि बैंकले गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया