Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाण्डूका ग्राहकहरूलाई किम्ची फास्टफुड एन्ड तन्दुरी रेस्टुरेन्टमा छुट

बैंक अफ काठमाण्डूका ग्राहकहरूलाई किम्ची फास्टफुड एन्ड तन्दुरी रेस्टुरेन्टमा छुट


काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र किम्ची फास्टफुड एन्ड तन्दुरी रेस्टुरेन्टबीच सम्झौता भएको छ । बैंकका अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई आठ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त सम्झौता पश्चात् ग्राहकहरूले किम्ची फास्टफुड एन्ड तन्दुरी रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा उपलब्ध हुने सेवाहरूमा एकमुस्ट आठ प्रतिशत छुट पाउन सक्नेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

किम्ची फास्टफुड एन्ड तन्दुरी रेस्टुरेन्ट, अनामनगर, काठमाडौंबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको छ । बैंकले हाल एक सय तीनवटा शाखा कार्यालयहरू, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x