Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएलजी इन्सुरेन्स कम्पनी र ई–बीमाबीच सम्झौता

एनएलजी इन्सुरेन्स कम्पनी र ई–बीमाबीच सम्झौता


काठमाडौं । पहिलो डिजिटल बीमा सेवा प्रदायक ई–बीमा र एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडबीच हालै एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ई–बीमाको यो नै पहिलो व्यावसायिक सम्झौता हो । सम्झौताअनुसार ई–बीमाको प्लेटफर्ममार्फत अनलाइनबाट नै ई–बीमा खरिद गर्न सकिनेछ । सम्झौतापत्रमा ई–बीमाको तर्फबाटप्रबन्ध निर्देशक रोशन ज्ञवाली र एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षरित सम्झौता आदानप्रदान गर्दै निर्देशक ज्ञवालीले एनएलजी इन्स्योरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई उजागर गरेको बताउँदै जनतामा बीमा नीति डिजिटलीकरणको आवश्यकता बढ्दै गएको उल्लेख गरे । ई–बीमासँग यो सम्झौतामा हस्ताक्षर गरेर हामी यो माग पूरा गर्न र भविष्यमा धेरै आवश्यक कदम चाल्न पूर्ण प्रतिबद्ध रहेको निर्देशक ज्ञवालीले बताए । एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले जनतामा बीमा नीतिहरूका लागि डिजिटलाइजेसनको आवश्यकता बताउँदै ई–बीमासँग गरिएको यो सम्झौतापछि बजारको त्यस्तो आवश्यकता पूरा हुने विश्वास व्यक्त गरे । बीमा क्षेत्रमा डिजिटलाइजेसनको आवश्यकतालाई अर्को प्रगतिशील पाइलाका रूपमा उल्लेख गर्दै अधिकृत पन्तले एनएलजी इन्स्योरेन्स यस सम्भावनालाई साकार पार्न र यसबाट जनतालाई नीतिहरू प्राप्त गर्न सहज बनाउन सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको बताए ।

ई–बीमाले नेपालमा भएका सबै बीमासम्बन्धी सेवाहरूको लागि एक– स्टप समाधान हुने र देशका सबै बीमा प्रदायकहरूलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने आशा राख्दछ । ई–बीमा सन् २०१५ देखि विभिन्न बीमा उत्पादन र सेवाहरूलाई डिजिटलाइज गर्न सक्रिय छ । ई–बीमाको सेवा गैरजीवन बीमा योजनाहरू र उत्पादनहरूमा मात्र सीमित नभई जीवन बीमा, वैदेशिक रोजगारी, लघु बीमा, विद्यार्थी सुरक्षा योजनाहरू र अन्य क्षेत्रहरूमा आफ्ना ग्राहकहरूलाई सबैभन्दा उदारीकृत खरिद विकल्पहरू प्रदान गर्न सक्रियरूपमा संलग्न छ । ई–बीमाले विश्वव्यापी परिवर्तनको गतिमा बजारको विकास गर्न बजारका अन्य सरोकारवालाहरूका लागि बलियो बीमा–टेक प्लेटफर्म विकास गर्न ठूलो मात्रामा लगानी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x