गैरव्यापारिक प्रयोजनका लागि टायलको आयात पुनः सुरु गर्न श्रीलंकाको अनुमति
कोलम्बो । श्रीलंका सरकारले व्यक्तिगत वा गैर–व्यापारिक प्रयोजनका लागि टाइल्स आयात गर्न अनुमति दिएको छ । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले प्रोपर्टी डेभलपर्सलाई आफ्नो प्रयोगका लागि टाइल्स आयात गर्न अनुमति दिनुभएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएका छन् ।
श्रीलंकाले विदेशी मुद्रा जोगाउनका लागि गत वर्ष टायलको आयातमा प्रतिबन्ध लगाएको थियो । एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले ‘प्रत्यक्ष प्रयोग’ का लागि टायल र ढुंगाको आयातलाई अनुमति दिइएको घोषणा गरेका हुन् । आर्थिकरूपमा संकटग्रस्त यस दक्षिण एशियाली मुलुकमा पुनः विक्री अर्थात् व्यापारिक प्रयोजनका लागि टायल्स र ढुंगाको आयात अझै प्रतिबन्धित छ ।
आवास क्षेत्र निर्माण, मिश्रित विकास परियोजना, स्वीकृत होटल र लगानी बोर्ड र उक्त नियममा नबाँधिने सरकारी परियोजनालाई टाइल्स आयात गर्न अनुमति दिइने उनले बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया