आर्थिक वर्षको सुरुमै नेपालको व्यापारघाटा सुरु
चीनबाट १८ अर्बको आयात-६ करोडको मात्र निर्यात
काठमाडौं । विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि वर्तमान सरकारले आयात निरुत्साहन गरेको थियो । जसले गर्दा एक दर्जन बढी सामग्रीको आयातमा प्रतिबन्ध लगाएको थियो जसको प्रभाव आयात व्यापारमा परेको देखिन्छ । चालू आर्थिक वर्षको प्रथम महिनामा आयातमा कमी आएको छ । सरकारले विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाएकै कारण आयातमा समेत १२ दशमलव ९० प्रतिशतले कमी आएको भन्सार विभागले जनाएको छ । चालू आर्थिक वर्षको प्रथम महिनामा एक खर्ब ३१ अर्ब २८ करोड रुपैयाँको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ५० अर्ब ७३ करोड रुपैयाँको आयात भएको थियो ।
यसैबीच मुलुकले अन्य मुलुकहरुसँग गर्ने व्यापारमा घाटा व्यहोरेको छ । चालू आर्थिक वर्षको प्रथम महिनामा मुलुकले अन्य मुलुकसँगको व्यापारमा सवा खर्ब रुपैयाँभन्दा बढीको व्यापारघाटा व्यहोरेको छ । चालू आर्थिक वर्षको प्रथम महिनामा एक खर्ब १६ अर्ब ४७ करोड रुपैयाँले मुलुकले व्यापारघाटा व्यहोरेको छ । जुन गत आर्थिक वर्षको प्रथम महिनाको तुलनामा १० दशमलव ३८ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको प्रथम महिनामा एक खर्ब ७१ अर्ब ४९ करोड रुपैयाँले घाटा व्यहोरेको थियो ।
चालू आर्थिक वर्षको प्रथम महिनामा व्यापारघाटा मात्र नभई आयात तथा निर्यातमा समेत कमी आएको छ । प्रथम महिनामा निर्यात २८ दशमलव ६८ प्रतिशतले कमी आएको छ । चालू आर्थिक वर्षको प्रथम महिनामा १४ अर्ब ८० करोड नौ लाख रुपैयाँको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँको निर्यात भएको थियो ।
नेपालको प्रमुख व्यापारिक मुलुकहरु अर्थात् धेरै परिणाम र मूल्यमा व्यापार हुने मुलुकहरुमा भारत, चीन, अमेरिकालगायतका मुलुकहरु रहेका छन् । विशेषगरी भारतबाट नेपालले ठूलो धनराशीको इन्धन आयात गर्ने गरेको छ । प्रथम महिनामा भारतबाट ७८ अर्ब ६५ करोड रुपैयाँको आयात र नेपालबाट १० अर्ब ७१ करोड १४ लाख रुपैयाँको निर्यात भएको छ । यस्तै प्रथम महिनामा चीनबाट १८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँको आयात र नेपालबाट छ करोड २५ लाख रुपैयाँको निर्यात भएको छ । चीनले उत्तरतर्फको व्यापारिक नाका आयातको लागि बढी मात्रामा खुला गर्दा आयात व्यापार उच्च र निर्यात व्यापार कमजोर रहन पुगेको हो ।
यस्तै, सरकारले वैशाख तेस्रो सातामा १० प्रकारका सामग्रीको आयातमा बन्देज र जेठ १ गतदेखि सातामा दुई दिन सार्वजनिक विदा दिने मन्त्रिपरिषद्ले निर्णय समेत ग¥यो जसले हालसम्म निरन्तरता पाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै मोबाइल सेट (छ सय अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट), रंगीन टेलिभिजन ३२ भन्दा माथिका, मोटर साइकल २५० सीसीमाथिका, जिप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहनबाहेक), सबै प्रकारका खेलौनाहरु तासको आयातमा रोक लगाएको जानकारी दिएको छ । त्यस्तै, कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चापदार्थबाहेक) र हिरा (औद्योगिक कच्चा पदार्थबाहेक) आयातमा रोक लगाएको छ । तीमध्ये केही वस्तुहरुलाई आयातका लागि खुला गरिने भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे
- ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा जलवायु परिवर्तनको विषयमा कस्तो प्रभाव पर्ला ?
- बिटकोइनसँग जोडिएका सात रोचक र अपत्यारिला कुरा
- रवि लामिछाने विरुद्धको अनुसन्धानमा अब भैरहवामा के हुन्छ, पोखरामा के-के भयो ?
- जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने
- धर्मका नाममा राजनीति हुनु हुँदैन: प्रधानमन्त्री
- उत्तर कोरियाद्वारा रूससँग गरेको सुरक्षा सम्झौता अनुमोदन
- कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया