Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहितग्राही ग्राहकको लागि प्रभु क्यापिटलको विशेष अफर

हितग्राही ग्राहकको लागि प्रभु क्यापिटलको विशेष अफर


काठमाडौं  । प्रभु क्यापिटलले चाडवाडको अवसर पारी आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । यही भदौ आठ गते प्रभु क्यापिटल तथा टी तीन थकाली ग्रुपका बीचमा सम्झौता भएको छ । यस अफरअन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले टी तीन थकाली ग्रुपबाट सेवा लिँदा १२ प्रतिशत छुट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट तथा बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ ।

सम्झौताको मितिदेखि तीन महिनासम्म सञ्चालन हुने यो अफरको लाभ क्यापिटलको हितग्राही ग्राहकले टी तीन थकाली ग्रुपको एयरपोर्ट, महाराजगञ्ज तथा टोखाका शाखाहरूबाट प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । नेपाली पुँजी बजारमा भिडियो केवाईसीमार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले दुई लाख १५ हजारमाथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x