Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपशुपति सहकारीका अध्यक्ष सीबी लामाले दिए आर्थिक दैनिकलाई धम्की

पशुपति सहकारीका अध्यक्ष सीबी लामाले दिए आर्थिक दैनिकलाई धम्की


काठमाडौं । काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लि.मा स्थापनादेखि २४ वर्ष अध्यक्ष भएर पनि आफ्नो श्रीमतीको नाममा अर्को सहकारी सञ्चालन गरी डुबेका चन्द्रबहादुर (सीबी) लामाले आर्थिक दैनिकलाई धम्की दिएका छन् ।

लामाले आइतबार आर्थिक दैनिकमा प्रकाशित भएको समाचारलाई लिएर आफूलाई नसोधी र नभनी किन समाचार लेखेको भन्दै आर्थिक दैनिकका प्रतिनिधिलाई फोन गरेर अश्लील शब्दसहित गालीगलौज गरी आफूले पनि देखाइदिने भन्दै धम्की दिएका हुन् ।

कान्तिपुर सहकारीमा रहँदा लामाले आफ्नो श्रीमतीको नाममा पशुपति बचत तथा ऋण सहकारी संस्था दर्ता गरेर कान्तिपुरका सेयर सदस्यहरुलाई आफ्नो पशुपति सहकारीमा लानेदेखि पशुपतिकै मार्केटिङ गर्ने गरेका लामाले पशुपति सहकारीमा भने चन्द्रबहादुर तामाङको नामबाट काम गर्दै आएका थिए ।

तत्कालीन समयका डिभिजन सहकारी काठमाडौंमा प्रमुख केशव थापाले उनको दोहोरो काममा सघाउने गरेका थिए । कान्तिपुर सहकारीमा रहँदा सहकारीको निक्षेप दुरुपयोग गर्नेदेखि नक्कली सेयरसदस्य बनाएर आफैँ हस्ताक्षर गर्दै नक्कली ऋण आफैँलाई प्रवाह गर्ने गरेका लामाले २४ वर्ष कान्तिपुरमा रहँदा कान्तिपुरको सबै निक्षेपहरु दुरुपयोग गरेर नै अहिले कान्तिपुर सहकारी समस्यामा गएको पीडितहरुले बताउँदै आएका छन् ।

पशुपति सहकारीमा समेत जम्मा भएको निक्षेपहरु आफूअनुकूल प्रयोग गर्दै दुरुपयोग गरेका लामाले तीन वर्षदेखि सर्वसाधारणलाई पैसा नदिई झुलाउँदै आएका छन् । पशुपतिका निक्षेपकर्ताहरुलाई आफू कांग्रेस नेता शशांक कोइरालाको नजिकको मान्छे भएको भन्दै अहिले पनि कान्तिपुर अस्पतालको अध्यक्ष भएकोले विस्तारै मिलाएर दिने र धेरै तनाव दिए पैसा नै नदिने बताउँदै आएका छन् ।

कान्तिपुर सहकारीमा रहँदा आफ्नो लागि घरजग्गा, सेयर, होटल रेष्टुराँमा लगानी गरेर सहकारीलाई धराशायी बनाएर अब कान्तिपुर सहकारी पनि डुब्ने भो भन्ने निश्चित भएपछि हिमालय विक्रम सिंह ठकुरीलाई कान्तिपुरको अध्यक्ष बनाएर आफू लुकीछिपी बस्दै आएका छन् ।

आफूलाई कान्तिपुरको अध्यक्ष भएको भनेर पशुपतिका सेयरधनीहरुलाई धम्की दिने लामाको कान्तिपुर अस्पतालमा समेत एकदमै सानो लगानी रहेको र सर्वसाधारणहरुले सधैँ लखेट्न थालेपछि देखाउने दाँत हुने भन्दै लामालाई सहयोगस्वरुप अध्यक्ष बनाइएको स्रोतले बताएको छ ।

सौखीन स्वभावका लामाले पशुपति सहकारीसँगै कान्तिपुर सहकारी समेत डुबाउँदै अहिले कान्तिपुरमा आफ्नो पैसा फिर्ता लिनेको लाइन लाग्नथालेको छ । कान्तिपुरमा सहकारीमा लामो लाइन लाग्न थालेपछि व्यवस्थापनले दैनिक १० देखि १५ हजार कोटामा १८ वटै शाखाबाट पैसा फिर्ता गर्दै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x